arrow

स्वास्थ्यकर्मी संघको अधिवेशन लम्वियो

logo
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
swasthakarmi-sangh-mahadhibesan1.jpg

काठमाडौं। असहमति र विवादका कारण अनिनिश्च रहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को ७औं महाधिवेशन शुक्रवार शुरू भएको छ। संघको अधिवेशन २२ र २३ गतेको लागि तय भएको थियो। शनिवार हुनुपर्ने चुनाव बिवादको कारण आइतवार बिहान ८ बजेबाट शुरू हुने भएको छ। 

शुक्रवार उद्घाटन भएको महाधिवेशनको उद्घाटन नेका सभापति शेर बहादुर देउवाले गरे भने कार्यक्रममा नेकाका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले शुभकामना दिएका थिए। स्वास्थ्य मन्त्रालयले समायोजनमा स्वास्थ्यकर्मीसँग आवद्ध कर्मचारीलाई दुख दिएकोमा सहभागिहरुको आक्रोश थियो।

देशैभरबाट १९ हजार सक्रिय स्वास्थ्यकर्मीबाट ७५० जना प्रतिनिधि उपस्थिति रहेको महाधिवेशनमा अधिकांश स्वास्थ्यकर्मीले वर्तमान अध्यक्ष रामजी घिमिरे, रामचन्द्र शाह र भवानी शर्माले १० बर्षदेखी रहेको संगठन बिस्तार गर्न नसकेको, संगठन झोलामा राखेर हिडेको आरोप लगाएका छन्।  सो अवधिमा ४ दर्जन स्वास्थ्यकर्मी बिदेश पठाउदा संघमा निर्णय नगराई आफु निकटलाई पठाएको, पिएसआईको अनुदानमा १ करोड ५० लाख भन्दा बढी भष्टाचार गरेको आरोप प्रतिनिधीहरुले लगाएका छन्। 

घिमिरेका सबैभन्दा सहयोगीका रुपमा भवानी शर्मा र रामचन्द्र शाह दुबैले एकै समुहबाट बरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका छन्। संघमा सबैभन्दा बढी विवादित पदाधिकारी शर्मा रहेको एक महाधिवेशन प्रतिनिधिले बताए। शाह र शर्माले पिएसआईको बिदेश भ्रमणमा अनियमितताको आरोप लाग्दै आएको छ। 

घिमिरेको सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको छ। उनिसँगै पिएसआईको बिदेश जाने र अनुदानको रकममा शाह र शर्माले तर मारेको महाधिवेशनमा व्यापक भएको छ। संघको अध्यक्षमा वर्तमान सहअध्यक्ष ओम उपाध्याय र वर्तमान अध्यक्ष रामजी घिमिरेले उमेदवारी घोषणा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ