arrow

प्रिमियर लिगका ७ खेल, १७ गोल, यस्तो छ नतिजा

९०० दिनदेखि घरेलु मैदानमा अपराजित लिभरपुल र म्यान्चेस्टर सिटीबीच भिडन्त 

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
liverpool-mancity1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ७ खेल भएका छन् । चेल्सी विजयी हुँदा आर्सनलले खेल हारेको छ । 

चेल्सीले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हरायो । उसका लागि ट्यामी अब्राहम र क्रिस्टियन पुलिसिकले १–१ गोल गरे । 

बर्नलीले वेष्ट ह्यामलाई ३–० गोल अन्तरले हरायो । उसका लागि रोबर्टोले आत्मघाती गोल गर्दा एस्ले बार्नेस र क्रिस वुडले १–१ गोल गरे । 

न्युकासल युनाइटेडले बर्नमाउथलाई २–१ गोल अन्तरले हरायो । येदिन र क्लार्कले न्युकासललाई गोल दिलाएर जिताए । ह्यारी विल्सनले बर्नमाउथका लागि पहिलो गोल गरेका थिए ।

साउथ ह्याम्पटन घरेलु मैदानमा एभर्टनसंग २–१ गोल अन्तरले हार्यो । एभर्टनका लागि टम डाभिस र रिचार्लिसनले १–१ गोल गरे । ड्यानी इंगसले साउथलाई गोल दिलाएका थिए । 

टोटनह्याम र शेफिल्डले १–१ गोलको बराबरी गरे । लेस्टर सिटीले घरेलु मैदानमा आर्सनललाई २–० गोल अन्तरले हरायो । जमाइ भार्डी र जेम्स माडिसनले १–१ गोल गरेर लेस्टरलाई जिताए । 

त्यस्तै नर्विच सिटी घरेलु मैदानमा वाटफोर्डसंग २–० गोल अन्तरले पराजित हुन पुग्यो । जेरार्ड डेलोफु र आन्द्रे ग्रेले गोल गर्दा वाटफोर्डका काबासेलेले रातो कार्ड खाए । 

अंक तालिका 
लिभरपुल ११ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ । १२ खेलबाट लेस्टर र चेल्सीको २६–२६ अंक, ११ खेलबाट २५ अंकको म्यान्चेस्टर सिटी चौथो स्थामा छ । 

शेफल्ड र आर्सनलको १२ खेलबाट समान १७ अंक छ । 

आइतबारका खेल
आइतबार ११ औं चरणका बाँकी तीन खेल हुँदैछन् । १९ः४५ बजे म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा ब्राइटनसंग खेल्नेछ । 

१९ः४५ बजे नै वुल्भरह्याम्पटन वान्डेरर्स र एस्टन भिल्ला भिड्दै छन् । पहिलो चरणको खेलको सबैभन्दा आकर्षक खेलका रुपमा राति २२ः१५ बजे लिभरपुल र म्यान्चेस्टर सिटी भिड्दै छन् । 

लिभरपुल र सिटीबीच ६ अंकको दूरी छ । यो खेल डिफेन्डिङ च्याम्पियन सिटी र रनर अप लिभरपुलबीचको भिडन्त हो । 

यो भिडन्तले अबको उपाधि विजेताका लागि पनि ठूलो मद्धत गर्नेछ । खेल जित्दा लिभरपुलले दोस्रो स्थानको लेस्टरको भन्दा ८ अंकको अन्तर बनाउने छ भने सिटीसंग ९ अंकको अन्तर हुनेछ । 

सिटीलाई दवावमा राख्न पनि यो खेल महत्वपूर्ण रहेको छ । गत सिजन निरन्तर अंक तालिकामा लिड लिए पनि अन्तिमा सिटीले बाजी मारेको थियो । 

लिभरपुल जारी सिजनको एकमात्र अपराजित टिम हो । उसले १ खेल बराबरी गरेको छ भने १० खेल जितेको छ । 

सिटीले भने दुई खेल हारेको छ । लिभरपुल घरेलु मैदानमा ९०० दिनदेखि अपराजित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ