arrow

ह्याट्रिक गरेको खेलमा मेस्सीलाई कार्ड 

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
messi48.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको छ । स्टार खेलाडी लियोनल मेस्सी चम्केपछि बार्सिलोना शीर्षमा पुग्न सफल भएको हो । 

घरेलु मैदानमा शनिबार राति बार्सिलोनाले सेल्टाभिगोलाई ४–१ गोल अन्तरले हराएको हो । खेलमा मेस्ल्ेि ह्याट्रिक गरे । 

मेस्सीले एक गोल पेनाल्टीमा र दुई सुन्दर गोल फ्रिकिकमार्फत गरेका थिए । तर उनले एउटा पहेंलो कार्ड पनि खाएका थिए । बार्सिलोनालाई अन्तिम गोल सर्जियो बुस्केटले दिलाएका थिए । सेल्टाभिगोका ओलाजाले सान्त्वना गोल गरेका थिए । 

शनिबार रातिका खेलहरु–
शनिबार रातिका अन्य खेलमा रियाल मड्रिडले आइबारलाई उसकै मैदानमा ४–० गोल अन्तरले हरायो । करिम बेन्जेमाले २ तथा सर्जियो रामोस र फेडेरिको भल्भार्डेले १–१ गोल गरे । 

त्यस्तै डेपोर्टिभो अलाभेसले रियाल भल्लाडोलिडलाई ३–० गोल अन्तरले हरायो । जोसेलु, पिना र लुकास पेरेजले १–१ गोल गरे । 

त्यस्तै भ्यालेन्सियाले ग्रानाडालाई २–० गोल अन्तरले हरायो । वास र टोरेसले १–१ गोल गरे । 

अंक तालिका 
अंक तालिकामा १२ खेलबाट २५ अंकका बार्सिलोना र रियाल मड्रिड गोल अन्तरका आधारमा मात्र पहिलो र दोस्रो स्थानमा छन् । दुवैबीच दुई गोलको अन्तर छ । 

१३ खेलबाट रियाल सोसिडाड २३ अंकसहित तेस्रो स्थानमा छ । २१ अंकको एथलेटिको मड्रिड चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ