arrow

अयोध्यावासीको सुझबुझले शान्ति कायम

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
ayodhya-people.jpg

काठमाडौं । अयोध्यामा शनिबार ऐतिहासिक निर्णय भएको छ । लामो समयदेखि रहेको अयोध्याको मन्दिर र मस्जिद विवाद शनिबार टुंगिएको छ । यसलाई टुंगो लगाउन मद्धत सबैभन्दा बढी अयोध्यावासीले नै गरेका छन् । 

उक्त मुद्धामा ऐतिहासिल सफलता हासिल भएको भन्दै सर्वोच्च अदालतले मुद्धामा पैरवी गर्ने वकिलहरुको तारिफल गरेको छ । अदालतले हिन्दू पक्षका वकिल तथा महाधिवक्ता ९२ वर्षीय के पराशरन, वकिल सीएस वैद्यनाथनका साथै मुस्लिम पक्षका वकिल राजीव धवनलाई फैसला लेख्न मद्धत गरेको बताएको छ । 

अदालतले वकिलहरुको तार्किक बहसबाटै जटिल मुद्धालाई सुल्झाउन मद्धत पुगेको बताएको छ । फैसला १०४५ पृष्ठको छ । 

प्रधानन्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा पाँच न्यायाधीशको बेन्चले वकिलहरुकै तार्किक बहसका कारण अदालतको सुनुवाई जीवन्त बनाइराखेको भन्दै प्रशंसा गरेको हो । उनीहरुकै कारण सबै पक्ष सत्य र न्यायको खोजमा सामेल भएको भन्दै प्रशंसा गरेका हुन् । 

अयोध्यामा राम मन्दिर र मस्जिद बन्ने विषयलाई लिएर भारतभरमात्र हैन विश्वभरमै सद्भावसमेत प्रकट भइरहेका छन् । 

अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसलाः राम मन्दिर बन्ने

अयोध्यामा अब यस्तो बन्नेछ राम मन्दिर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ