arrow

एकैदिन जन्मेका पाँचमध्ये चार बहिनीको बिहे पनि एकैदिन

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
birth-same-day.jpg

काठमाडौं । संसारमा अनौठा अनौठा रेकर्ड कायम भएका हुन्छन् । भारतको केरलमा एकै दिन पाँच भाइ–बहिनीमध्ये चार बहिनीको विवाद एकसाथ एकैदिन हुने भएको छ । 

चारै जनाले गुरुवायुरको श्रीकृष्ण मन्दिरमा सन् २०२२ को अप्रिल २६ मा गर्ने भएका छन् । चार बहिनीहरु उथराजा, उथारा, उथम्मा, उथरा र उनका भाइ उथराजनको जन्म सन् १९९५ को १८ नोभेम्बरमा भएका थियो । 

उनीहरु जन्मिएको दिन उनीहरुका पिताले घरको नाम नै पन्चरत्नम राखेका थिए । परिवारका नातेदारहरुका अनुसार बच्चाहरु जन्मेको ९ वर्षसम्म बच्चाहरुको जरुरत एक जस्तै चिज दिएर पूरा गरिएको थियो । 

यसमा स्कुल ब्याग र छातासमेत उस्तै हुन्थ्यो । ९ वर्षका भएपछि उनीहरुकी आमालाई हृदयाघात भएपछि चिन्ताका बीच उनीहरुका बाबुले आत्महत्या गरे । यसका कारण परिवारमा तनाव छायो । 

उनीहरुकी आमा निको भएपछि उनले नै सम्हालिन् । केही मानिसको मद्धतले आमाले सहकारी बैंकमा जागिर खान पाइन् र त्यसले परिवारको आर्थिक स्थिति सुधारिन पुग्यो ।

सबै १८ नोभेम्बरमा २४ वर्षका पुग्छन् । चार छोरीहरुमध्ये एक फेसन डिजाइनर, दुई एनेस्थेसिया टेक्निसियन र एक अनलाइन लेखक छिन् । उनीहरुका भाइ सफ्टवेयर इन्जियनियर छन् । 

भारतीय मिडियाका अनुसार छोरीहरुको विवाहको तयारी भइरहेको र भाइले भने अलि पछि बिहे गर्ने उनीहरुको आमाले बताएकी छिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ