arrow

वागलुङका स्वतन्त्र उमेद्वार शेरमान घर्तीलाई अपहरण शैलीमा उठाइयो, हर्नुस फोटो कथामा

प्रचारमा रहेका शेरमानलाई प्रहरीले नै खोजेर हेलिकप्टरमा पठायो उमेद्वारी फिर्ता लिन वागलुङ सदरमुकाम

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
sherman-gharti.jpg

वागलुङ। राज्यसत्ताको दुरुपयोग कतिसम्म हुनसक्छ भन्ने भनेर वागलुङ २–(ख)को निर्वाचनमा प्रहरीको दुरुपयोग गरेबाट देखिएको स्थानियहरुले गुनासो गरेका छन्। 

नेकपाका स्थानिय नेता तथा हालै स्वतन्त्र उमेद्वारी दिएका शेरमान घर्तीलाई उमेद्वारी फिर्ता गर्ने अन्तिम समयमा प्रहरी लगाएर वुर्तीवाङबाट हेलिकप्टरमा सदरमुकाम वागलुङ पठाइएको देख्नेहरुले सत्ताको दुरुपयोग कसरी हुन्छ भनेर देखेका हुन्। 

वुर्तीवाङमा चुनाव प्रचारमा रहेका घर्तीलाई प्रहरीले भ्यानमा राखेर नगरपालिकाका मेयर समेत रहेका नेकपाका नेता देव कुमार नेपालीको दरवार होटलमा स्ट्यान्डवाई राखिएको हेलिकप्टरमा राखि सदरमुकाम पठाइएको एक प्रत्यक्षदर्शीले बताए। 

इलाका प्रहरी कार्यालयको एक प्रहरी टोलीले घर्ती र उनका साथी तुलसी अर्याललाई नियन्त्रणमा लिएको थियो। प्रहरीले घर्तीलाई उमेद्वारी फिर्ता लिन सदरमुकाम पठाए पनि अर्याललाई भने इलाका प्रहरी कार्यालयमै राखेको छ। अर्याल २०७० मा तत्कालिन माओवादीबाट संविधान सभामा उमेद्वार थिए। 

उम्मेदवारी फिर्ता लिने समय दिनको १ बजेसम्म तय भएपनि शेरमानका प्रतिनिधिका रुपमा जिल्लामा रहेका नेकपाका नेताहरुले निर्वाचन कार्यालयमा सबै सेटिङ मिलाएर हेलिकप्टरमा लिन पठाएका थिए। सत्ताको आडमा निर्वाचन कार्यालयले पनि घर्ती ढिलै पुगेपनि मान्य हुने आश्वासन दिएको थियो। शेरमान दिनको १ बजेपछि मात्र ढोरपाटनबाट प्रभु कम्पनीको हेलीकप्टरमा उडेका थिए।

Image may contain: 2 people, people smiling, people sitting and outdoor

बाग्लुङ निर्वाचन क्षेत्र नं २ (ख)को उपनिर्वाचनमा शेरमानले उम्मेदवारी दिएका छन्। प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ । घर्ती उमेद्वार भएपछि शाहीलाई अप्ठ्यारो पर्ने तथा गठवन्धन पनि प्रभावित हुने भएपछि सत्तारुढ नेकपाले सत्ताको समेत दुरुपयोग गर्दै घर्तीलाई उमेद्वारी फिर्ता लिन अपहरण शैलीमा प्रहरी लगाई हेलिकप्टरबाट सदरमुकाम पठाएको घर्तीका समर्थकहरुले बताएका छन्। 

घर्ती मगरलाई लिन गएको हेलिकोप्टर मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा ल्याण्ड भएको थियो । शोही हेलीकोप्टरमा चढाएर घर्तीमगर उम्मेदवारी फिर्ताका लागि सदरमुकाम लगिएको थियो।

Image may contain: sky and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ