arrow

शेयर बिक्रीको आरोपमा नेकपा राज्यमन्त्रीले दिए राजीनामा

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
prakash-rawals.jpg

अत्तरिया । नेकपा नेता तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । राज्यमन्त्री रावलले आएतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

 “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ” राज्यमन्त्री रावलद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट तत्काली नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ