arrow

काठमाडौंमा अब फोहोरबाट बिजुली; ३ महिनाभित्र विजुली उत्पादन

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
bulb-by-mynewslinx.blogspotdotcom.jpg.jpeg
काठमाडौँ। आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ । 
 
अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार उपत्यकामा दैनिक ४५० टन फोहर उत्पादन हुन्छ जसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गर्दछ । उपत्यकाको फोहरको व्यवस्थापन गर्ने सिलसिलामा बिजुली निकाल्न लागिएको हो । 
 
वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार उक्त कामका लागि युरोपेली सङ्घ र काठमाडौँ महानगरले संयुक्त रुपमा करिब दुई करोड रुपैयाँ लगानी गर्ने छन् । उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरिनेछ । बिजुली उत्पादनका लागि आवश्यक सबै सामग्री भने भारतबाट आयात गरिने बताइएको छ । 
 
निकट भविष्यमा टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० केजी जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना महानगरको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ