arrow

भारतद्धारा बंगलादेश विरुद्धको सिरिज कब्जा, चाहरलाई ह्याट्रिकसहित ६ विकेट

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
india-cricket2.jpeg

काठमाडौं । भारतले बंगलादेशविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज २–१ ले जितेको छ । आइतबार राति नागपुरमा भएको तेस्रो तथा अन्तिम खेलमा ३० रनले पराजित गर्दै भारतले सिरिज जितेको हो । 

भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा अलआउट हुँदै १४४ रनमात्र बनाउन सक्यो । 

मोहमद नाइमले ४८ बलमा ८१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बंगलादेशलाई हराउनका लागि भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । चाहरले ७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

चाहर अंतरराष्ट्रीय क्रिकेट में हैट्रिक लेने वाले सातवें भारतीय।

चाहरको यो बलिङ प्रदर्शन टी–२० क्रिकेटकै सबैभन्दा उत्कृष्ट हो । 

भारतबाट टी–२० मा ह्याट्रिक लिने उनी पहिलो भारतीय हुन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा १७४ रन बनाएको थियो ।

भारतको लागि श्रेयर ऐयरले ६२ तथा लोकेश राहुलले ५२ रन बनाए ।

यसअघि भएको पहिलो खेलमा बंगलादेश ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेल ८ विकेटले जितेर भारतले बराबरी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ