arrow

कश्मीरमा मुठभेड

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
jammu-kashmir-laddakh.jpeg

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित बान्दीपोरा जिल्लामा सुरक्षाबलसंगको भिडन्तमा एक आतंकवादीको मृत्यु भएको छ । आइतबार रातिसम्म भएको भिडन्तमा एक जनाको मृत्यु भएको हो । 

भारतीय सैन्य अधिकारीका अनुसार श्रीनगरबाट ५५ किलोमिटर टाढा लवदारा गाउँमा मुठभेड भएको हो । 

सुरक्षाकर्मीले गाउँमा आतंकवादी लुकेको जानकारी पाएपछि सर्च अभियान थालेका थिए । सेनाले तलासी अभियान चलाएको थियो । आतंकवादीले फायरिङ गरेपछि जवाफी कार्वाहीमा मारिएका थिए । 

आतंकवादी कुन संगठनसंग आवद्ध छन् भन्ने जानकारी पाइएको छैन । गत हप्तामात्र ३ आतंकवादी अवन्तीपोरामा मारिएका थिए । मारिनेमा अलकायदासंग सम्बन्धित संगठन अन्सार गजवत उल हिन्दका आतंककारी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ