arrow

४० दिनदेखि एक किलो सुन पनि देश भित्रिएन

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७२ चैत २७ शनिबार
gold-pure.jpeg.jpeg
काठमाडौ। नेपाली बजारमा सुनको कारोबारको तथ्याङ्क हेर्दा भूकम्पपको पीडा विर्साउने संकट परेको छ। गत बैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्थाको भन्दा पनि संकटग्रस्त स्थितीमा पुगेको छ। बजारमा सुन खरिद गर्ने उपभोक्ताको माग न्यून रहेको र महिनौ देखि बैंकहरूसँगरहेको सुन नसकिए पछि फागुन देखि अहिलेसम्म एक किलो सुन पनि वैधानिक रूपमा नेपाल नभित्रिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ। जुन भूकम्पले जनजीवन अस्तव्यस्त बनाए पछिको भन्दा पनि कम हो। 
 
नेपालमा गत वैशाख १२ गतेको विनाशकारी भूकम्प अघि र पछि गरेर वैशाख महिनामा ५२ केजी सुन नेपाल भित्रिएको छ। जुन नेपाली बजार मुल्यमा दुई करोड ५५ लाख भन्दा बढी हो। तर जेठ महिनामा भने भूकम्पको असरले गर्दा मात्रै एक दशमलव ६१ केजी सुन नेपाल भित्रिएको थियो। जसको नेपाली मूल्य ७४ लाख मात्रै हो। तर असार महिनामा केही सुधार भएर एक सय २० केजी भन्दा बढी सुन आयात भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचनले जानकारी दिए । 
 
नेपालमा चालू आर्थिक वर्षको साउनदेखि असहलेसम्मको मात्रै सुन आयातको स्थितीलाई विश्लेषण गर्ने हो भने पछिल्लो महिनामा सुनको आयात झण्डै आधा घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । जस अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २५ करोड बराबरको सुन आयात भएको थियो । जुन तीन सय ५० किलो हो । त्यस्तै भदौ महिनामा अत्याधिक ७०३ किलो सुन आयात भएको विभागको तथ्त्याङ्कमा उल्लेख छ । जुन यो वर्षको सबैभन्दा बढी हो र यसको नेपाली बजार मुल्य दुई अर्व ६८ करोड रहेको छ । 
 
त्यस पछि क्रमशः तीन महिना असोज कात्तिक र मंसिर महिनामा क्रमशः चार सय ५०, पाँच सय ५० र चार सय ५० केसी सुन आयात भएको थियो भने पुस महिनामा पाँच सय पाँच किलो सुन वैधानिक रूपमा आयात भएको थियो । त्यस पछि क्रमशः खस्किएको सुनको आयात माघ महिनामा चार सय २ र फाल्गुन महिनामा तीन सयमा सीमित रहेको विभागले जनाएको छ । यो आर्थिक बर्षको फल्गुन सम्म मात्रै १४ अर्ब बराबरको अर्थात् तीन हजार सात सय १५ केसी सुन आयात भएको छ । 
 
सुन व्यापारलाई विश्लेषण गर्दा अघिल्लो वर्ष चाँदी प्रति ग्राहकको बढी ध्यान गएपछि सुनप्रति व्यापारमा कमि आएको भएपनि यो वर्ष भने सुन तथा चाँदि दुबैमा गिरावट आएको हो । यो वर्षको पहिलो आठ महिनामा एक लाख दुई हजार पाँच सय ८५ किलो सुन मात्रै भित्रिएको छ । जुन अघिल्लो आर्थिक बर्षको १२ महिनामा चार लाख भन्दा बढी थियो । अबको चार महिनामा त्यो लक्ष्य भेट्टाउन मुस्किल रहेको विश्लेषकहरू बताउँछन् ।  
 
समग्रमा नेपाली नयाँ वर्षको सुरू हुँनै लाग्दा वितेको वर्ष २०७२ को सुन व्यापारलाई फर्किएर हेर्ने हो भने मध्यावधि समयमा सुनको माग अघिल्लो वर्षको तुलनामा बृद्धिभएको भएपनि वर्षको सुवातमा भूकम्पको पीडा र अन्तिममा मागमा आएको गिरावटको कारणले व्यवसायीहरू भने मर्कामा परेका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष तीन सय ४० प्रतिशत बढी सुन आयात भएको छ । तर चाँदीमा भने अघिल्लो वर्ष अस्वभाविक मात्रा व्यापार भएकोले यो वर्ष नेपाल राष्ट्र बैंकले पनि चाँदीको कारोबारमा केही कडाई गरेकोले चाँदी आयात तथा व्यापार भने अघिल्ले वर्षको तुलनामा धेरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा चार लाख ३३ हजार चकिलो चाँदी आयात भएकोमा यो वर्ष मात्रै एक लाख दुई हजार पाँच सय ८५४ किलो चाँदी आयात भएको छ । महासंघका अध्यक्ष मणिरत्न शाक्यले चाँदीको कारणले अघिल्लो वर्ष सुन आयात तथा कारोबारमा गिरावट आएको भए पनि यो वर्ष सुनचाँदीको व्यापार पोहोर भन्दा बढी भएको बताए । 
 
समग्रमा यो वर्षको सुन आयात तथा निर्यातको स्थितीलाई विश्लेषण गर्ने हो भने वर्षको पहिलो तीन महिना सुनचाँदीको विक्री वितरण ठम्प प्रायः रहेको महासंघले जनाएको छ । गैरकानूनी रूपमा स्थापना भएका सुनचाँदी पसलको कुरा नगर्दा देशभरीका १२ हजार भन्दा बढी सुनचाँदी पसलबाट हुने सुन तथा चाँदीको कारोवार ठप्पप्रायः रहेको महासंघले वताएको छ । महासंघमा दर्ता नभएकोलाई समेत विश्लेषण गर्ने हो भने नेपालमा २१ हजार भन्दा बढी सुनचाँदी पसलहरू रहेका छन् । 
 
विनाशकारी भूकम्पको कारणले पहिलो तीन महिनामा माग अनुसारको सुन व्यापार समेत हुन सकेन। तीनमहिने भूकम्पको समय पार गरेपछि असारदेखि फाट्टफुट्ट मात्रामा सुन विक्री हुन थालेको देखिन्छ। यो स्थिती तीज देखि फेरि पुरानै स्थितीमा फर्किएको थियो। विवाहको मौसममा ५० केजीसम्म दैनिक मात्रामा सुन खपत हुने गरेको सुनको व्यापार यो वर्षको अन्तिम डेढमा निराशाजनक स्थितीमा आई पुगेको देखिन्छ। 
 
वर्षको अन्तिममा सुन किन्नेको भन्दा बेच्नेको भीड
पछिल्लो समय सुन विक्रीमा आएको गिरावटको मुख्य कारण सुनको मुल्यमा भएको वृद्धि रहेको नेपाल सुन चाँदि व्यावसायी महासंघको ठम्याई रहेको छ। जसका कारण सुन आयात ठप्प बनेको राष्ट्रबैंकका अधिकारीहरू बताउँछन्। महासंघका अनुसार अहिले तोकिएको मुल्यमा चार÷पाँच सय रूपैयाँ सस्तो गराउँदा पनि सुन किन्ने भन्दा बेच्ने बढी भेटिन थालेका छन्। 
पहिले त्यही सुन किन्नको लागि मागको तुलनामा पर्याप्त सुन नपाए पनि प्रतितोला एक हजारदेखि १५ सय बढी तिर्नु पर्ने अवस्था थियो। तर, अहिले बजारमा सुन माग भन्दा बढी आयात भईरहेको भएपनि खपत भने न्यून भईरहको छ।
 
किन कम हुँदै छ सुन चाँदीको खपत ?
बजारमा काँचो सुनको माग यो वर्षको अन्तिममा धेरै घटेको भएपनि वर्षेनी सुन खपतमा कमि आउँदै गरेको तथ्याङ्कले देखाएको छ। सुनचाँदी व्यवसायमा संलग्न व्उवसायीहरूका अनुसार पनि सुनको खपत वर्षेनी घट्दै गएको दाबी गर्छन्। यसका कारणहरूका बारेमा महासंघका अध्यक्ष शाक्य भन्छन् कुनै न कुनै हिसावले नेपालीको क्रय शक्ति पहिलो कारण हुसक्छ सुन खपतमा कमि आउनुको। त्यसै गरी नेपाली बजारमा विक्री हुने सुनको विषयमा विभिन्न समयमा गरिने विभिन्न खालका नकारात्मक टीकाटिप्पणीले गर्दा पनि सुन खपतमा कमि आएको उनको तर्क छ। त्यस्तै गरी गैरकानूनी बाटो बाट आउने सुनले अहिलेको बजारमा धेरै हिस्सा ओगटी सकेको छ । यसले गर्दा पनि कम खपत भएको देखिएको हुनसक्ने पनि उनको तर्क छ । गत मंसिर १५ सम्मको कुरा गर्ने हो भने बैंकहरू ४०० किलो भन्दा बढी सुन मौज्दात रहेको थियो । यसले पनि सुनको आयातमा कमि ल्याएको हुनसक्ने व्यवसायीहरू बताउँछन् । 
 
कस्तो हो गैर कानूनी सुनको बजार ?
गैर कानूनी सुनको व्यापार भनेको कुनै पनि अन्य मुलुकबाट सरकारलाई थाहा नदिई नेपालमा सुन भित्र्याउने काम हो । नेपालमा हवाई मार्ग बाहे अन्य जुनसुकै बाटोहुँदै नेपालमा सुन भित्र्याए पनि त्यो गैर कानूनी हुन्छ । अहिले हवाई मार्ग हुँदै कुनै पनि व्यक्तिले ५० ग्राम भन्दा बढी व्यक्तिगत प्रयोजनको लागि ल्याउन नपाउने व्यवस्था रहेको छ । सो भन्दा बढी परिणामको सुन नेपालमा आयात गर्दा पनि सरकारलाई तिर्नु पर्ने कर नतिर्ने हो भने त्यो सुन गैर कानूनी हो । जसलाई जहिले सुकै पनि प्रहरीले नियन्त्रणमा लिएर आवश्य कारबाही गर्न सक्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ