arrow

दिल्लीको वायु अझै पनि ‘अति प्रदुषित’

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
delhi-pollution.jpg

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ ।

सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।

वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन् ।  

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषणको स्थितिमा दिल्ली, पंजाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग बैठक पनि गरेका थिए। बैठकले प्रदुषणको स्थितिमा लगातार निगरानी राख्ने निर्णय गरेको थियो ।

प्रदुषण न्युनिकरणका लागि दिल्लीका विद्यालयहरु बन्द गर्ने घोषणा गरिएको थियो । प्रदुषण न्युनिकरणकै अर्को उपायका रुपमा अघिल्लो सोमबारदेखि दिल्लीमा सवारी साधनका लागि जोरविजोर प्रणाली लागु गरिएको छ ।

जसअनुसार जोरबार जोर नम्बर भएका सवारी साधन र विजोर बार विजोर नम्बर भएका सवारी साधन चल्न दिने व्यवस्था गरिएको थियो । यो नियम चार पाङ्ग्रे निजी सवारी साधनका लागी बाध्यकारी हुनेछ तर सार्वजनिक यातायातका साधन, एम्बुलेन्स, खानेपानी तथा अतिआवश्यक दैनिक उपभोगका सामान ढुवानी गर्ने गाडीका लागी नियम बाध्यकारी नहुने बताइएको छ ।

जोर विजोर प्रणाली यही १५ नोभेम्बरसम्म लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ