इजरायली सुरक्षाकर्मीको गोली लागि एक प्यालेस्टिनी मारिए, कैयौँ घाइते
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
408
Shares
रमाल्लाह। दक्षिणी स्वेस्ट ब्याङ्कमा सोमबार इजरायली सुरक्षाकर्मीद्वारा एक प्यालेष्टिनी नागरिक मारिएका छन्। प्यालेष्टिनीले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुँदा अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार अल अरुब शरणार्थी शिविरमा इजरायली सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर एक प्यालेस्टायनीको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका युवालाई उपचारका लागि तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले उहाँलाई तत्काल मृत घोषित गरेका थिए।
इजरायली सैनिकहरुले प्रहार गरेको अश्रुग्याँसका कारण धेरै प्रदर्शनकारी घाइते तथा विरामी भएको बताइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको अवस्था स्थीर रहेको अधिकारीहरुले जानकारी दिएका छन्।