arrow

लता मङ्गेश्कर उपचारपछि घर फिर्ता

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
lata.jpg

नयाँ दिल्ली। भारतकी चर्चित गायिका लता मङ्गेश्करको स्वास्थ्यमा समस्या आएपछि सोमबार उपचारका लागि अस्पताल पुर्‍याइएको छ।स्वासप्रश्वासमा समस्या आएपछि उनलाई बिहानै आकस्मिकरूपमा अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताए। लोकप्रिय गायिका ९० बर्षिय मङ्गेश्वरलाई मुम्बईको दक्षिणी क्षेत्रमा रहेको ‘ब्रेथ क्यान्डी अस्पताल’मा उपचार गरिएको हो। उनलाई सोमबार नै उपचारपछि घर फकाइएको छ।

अस्पतालले उनको स्वास्थ्य परीक्षण गरेपछि प्राप्त प्रारम्भीक तथा पहिलो स्वास्थ्य विवरणमा उनको अवस्था गम्भीर देखिएको चिकित्सकहरुले जनाएको भएपनि स्वास्थ्यमा सुधार आएको भन्दै उनलाई सोमबार नै घर फिर्ता गरिएको छ। लताको स्वास्थ्य उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको छातीमा सङ्क्रमण भएको तर सामान्य उपचारपछि घर फर्काइएको छ। बुढ्र्यौलीका कारण उनको स्वास्थ्यमा समस्या आउनु स्वभाविक भएको तर उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उहाँलाई अति सघन कक्ष (आइसियु) मा राखेर उपचार गरिएको थियो। 

छाती दुख्यो भनेपछि उनलाई सोमबार मध्यरातमा (२ बजेतिर) अस्पताल पुर्‍याइएको लताका आफन्तले जानकारी दिए। लतालाई गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइएको तर स्वास्थ्यमा सुधार आएकोले घर फर्काइएको उनका परिवारिक स्रोतले पुष्टि गरेको छ। उनी विरामी भएका खबरपछि भारतका अन्य चर्चित कलाकारहरुले पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा लेखेका छन्।

भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका लताले सन् १९४२ मा गायन सुरु गरेकी थिइन् एक हजार भन्दा बढी ‘बलिउड’का चलचित्रहरूलाई विभिन्न ३६ भाषाहरूमा स्वर दिएकीछिन्। भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्रो गायिका हुन्।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दर्ता भएकी थिइन्। उनले १९४८ देखि १९७४ सम्म ३० हजार गितहरू रेकर्ड गराएकी छिन्। उनको रेकर्डलाई पछि बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएर तोड्नु भएको बताइन्छ। 

करिब एक हजार सुप्रसिद्ध गायिका लताले भारत रत्न, पद्म विभूषण, पद्म भूषण, दादासहेब पाल्खे पुरस्कार लगायतका प्रसिद्ध पुरस्कार पाएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ