arrow

ट्वीटर मुभमा सत्तरी बर्षे उमेद्वार 

पौडेल ७० को उमेरमा १७को जोशका साथ मैदानमा

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
khemraj-paudel-twitter.jpg

कास्की । कास्की क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट उमेद्वार भएका खेमराज पौडेल सामाजिक सञ्जाल ट्वीटरमा आएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा आएपछि पौडेलले ७० को उमेरमा १७को जोशका साथ मैदानमा आएको छु भन्दै ट्वीट गरेका छन्। 

पौडेलले आफ्नो पहिलो ट्वीटमा अगाडी भनेका छन्, ' यो उमेरमा जिन्दगीको पहिलो ट्वीटका साथ कास्कीका मतदातासँगै देशभरिका दिदिबहिनी दाजुभाइमा जय नेपालको क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु। '

सोमबार राती मात्र टवीटर ह्याण्डल खोलेका पौडेलको ट्वीटर ह्याण्डलको फलो शुरु गरेको केहि समयमै ६० जना नाघेको छ। 

नेपाली कांग्रेसका त्यागी तथा पाका नेता पौडेल चुनावमा उमेद्वार भएपछि चुनावी मैदानमा सबै खालका विधि र तरिकालाई प्रयोग गर्न लागिपरेका छन्। 

ट्वीटर चलाउन शुरु गरे लगत्तै हाम्राकुरासँग कुरा गर्दै पौडेलले सूचना प्रविधीका सबै माध्यमहरुसँग साक्षात्कार हुने र आफ्नो प्रयास रहेको बताए। 

आमनागरिकका भावना बुझ्ने सजिलो माध्यमका रुपमा यसलाई कसरी राजनीतिज्ञहरुले लिएका रहेछन भनेर टवीटरको माध्यमबाट जान्न आफूलाई पनि सजिलो हुने उनले बताए।  

चुनावको बीचमा मात्र होइन चुनाव पछि पनि आफूले टवीटर लगायतका समाजिक सञ्जाललाई आम नागरिकसँग जोड्ने माध्यमको रुपमा प्रयोग गर्ने उनले बताए। 

यता नेकपाबाट प्रत्यासी भएकी विद्या भट्टराईले पति रविन्द्र अधिकारीले चलाएको ट्वीटर ह्याण्डल चलाउन शुरु गरेकी छिन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ