arrow

जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजक कृष्ण गिरीलाई ६ महिनामा अधिवेशन गर्ने जिम्मा

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
nejasa-australia.jpg

अष्ट्रेलिया। नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गर्ने जिम्मा समितिका अध्यक्ष कृष्ण गिरीलाई तोकेको छ। पार्टी केन्द्रिय समितिको १७ भाद्र, २०७६ मा बसेको बैठकले नीतिगत निर्णय गर्दै गिरीलाई अधिबेशन गर्न जिम्मेवारी दिएको हो । १५ सदस्यीय समिति गठन गरी गिरीको संयोजकत्वमा ६ महिना भित्र अधिवेशन सम्पन्न गर्न मुख्य सचिब कृष्ण पौडलेले परिपत्र गरेका छन्। 

अधिवेशन गर्ने जिम्मेवारी पाएका गिरीले १० नोभेम्बर आईतबारका दिन सिडनीको नोभोटल होटलमा एक पत्रकार सम्मेलन गर्दै पार्टीले पठाएको पत्र सार्वजनिक गरेका थिए । सम्मेलनमा गिरीले नीति नियम एबम बिधानलाई संसोधन गर्ने, क्रियाशिल सदस्यता नविकरण एबम बितरण गर्ने, आठ ओटै स्टेट र टेरीटोरीका अधिवेशन गरी राज्य समिति गठन गर्ने र केन्द्रीय चौथो अधिवेशनलाई सब्य र भब्यरुपमा सफल पार्ने कार्यलाई प्रमुख प्राथमिकतामा राख्दै अघी बढेको बताए । 

बिगतमा गरेका राम्रा कार्यको अनुसरण गर्दै नराम्रा कुरालाई बिर्सेर आपसी समझदारी, सहकार्य र सबैको सम्मान गर्दै अघि बढ्नु पर्ने अबको आवस्यकता रहेको बताउदै सबै साथीभाई तथा अग्रजहरुलाई सहकार्य र सहयोगको लागि गिरीले अनुरोध गरेका थिए ।  

कार्यक्रममा पर्वत जिल्ला पूर्व सभापति एबम नेका नेता नवराज गुरुङले संयोजक गिरीलाई नेपाली टोपी लगाएर सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । पार्टीले सर्बसम्मत निर्णय गरेर दिएको जिम्मेवारीलाई बहन गर्दै सबैलाई सहकार्य र सहयोग गर्न गुरुङले आग्रह गरेका थिए ।

मकवानपुरका महासमिति सदस्य दिनेश उपाध्याय, संगठनका सुरेश गुरुङ, राजु अधिकारी, रोहित खड्का, सुर्य भट्टराई, नागेन्द्र अधिकारी, राजेश केसी, समित केसी लगायतले शुभकामना व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ