arrow

अन्योल नहुनुस् यसरी हुन्छ २ लाख पाउने भूकम्पपीडितको छनोट

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७२ चैत २७ शनिबार
Nuwakot-Earthquake-2.JPG.jpeg
काठमाडौ। गत बैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त आवास निर्माणको लागि भनेर सरकारले प्रतिपरिवार दुई लाख रूपैयाँ दिने भनेर घोषणा गरिसकेको छ। त्यसैको लागि परिवार पहिचानको लागि भनेर १४ ओटै जिल्लामा इन्जिनियरहरूको टोली पनि खटाईसकेको छ । तर सरकारले दिने अनुदानको आशमा बसेकाहरूले आफ्नै जोहोबाट पनि घर बनाउने नपाएको गुनासो गरिरहँदा सरकार भने तीन वर्षे योजना भन्दै सुस्त गतिमा काम अगाडि बढाईरहेको छ । त इन्ँिजिनियरले खिचेको फोटोबाट राहत पाउने र नपाउने भन्ने निक्र्यौल हुनको लागि पुनर्निर्माण प्राधिकरणमा नै सबै तस्वीर आईपुग्नु पर्ने भएकोले पनि भूकम्पपीडितहरू घर बनाउने नबनाउने भन्नेमा अझै अन्योलमा रहेका छन् । 
 
भूकम्पको पुनर्निर्माणको लागि भनेर खुलेको पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्पबाट क्षति पुगेका घरहरूलाई पाँच तहमा विभाजन गरेर पूर्ण रूपमा  प्रभावरहित, सामान्य मर्मत गरेर बस्न सकिने, पूनर्निर्माण गर्नै पर्ने तर ढली नसकेका, आधा भन्दा बढी भाग ढलिसकेका र पूर्णतः ढलेर भग्नावशेष मात्रै बाँकी रहेका घरहरूगरी भूकम्पप्रभावित घरहरूलाई पाँच तहमा विभाजन गरेर आवश्यकलाई सो रकम विभिन्न किस्तामा दुई लाख रूपैयाँ प्रदान गर्ने भनिएपनि सरकारको यो निर्णय अनुसार भूकम्पपीडितले कसरी र कहिले रकम पाउँछन् भन्ने कुरा अझै पनि स्पष्ट हुन सकिरहेको छैन । तर पुनर्निर्माण प्राधिकरण भने वास्तविक भूकम्पपीडितले जसरी भएपनि राहत पाउने र कोही पनि राज्यबाट विभेद नहुनेमा ढुक्क हुन आग्रह गर्दछ ।  
 
कसले पाउँछन् पैसा ?
सरकारले पैसा पाउन पूरा गर्नुपर्ने आवश्यक मापदण्डको भनेर तयार पनि पारेको थियो । तर सरकारको मापदण्ड कतिपय वास्तविक भूकम्पपीडितसँग पनि मेल खान नसकेपछि केही मापदण्डहरू संशोधन गरेरै भएपनि वास्तविक भूकम्पपीडितलाई राहत दिने योजनामा सरकार रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया भन्छन् ‘सरकारले निर्धारण गरेको पाँच वटा तह मध्ये पहिलो दुई तहका घरहरूले सरकारको अनुदान पाउने छैनन् ।’ उनका अनुसार क्षति नभएका र सामान्य मर्मत गरेर बस्न मिल्ने घर भएकाहरूको तश्वीर संकलन गरेर ल्याईएपनि उनीहरूले पैसा पाउने छैनन् । तश्वीरमा देखिएका र इन्जिनियरहरूले भरेर पठाएको विवरणको आधारमा कम्प्युटरबाट नै राहत पाउने घरहरू छनोट गरिने छ । कम्प्यूटर प्रणालीबाट छनोट भएकाहरूको पहिचान गरि सरकारले बैंक खाता मार्फत् रकम हस्तान्तरण गर्दछ । 
 
कसरी पाउँछन् पैसा ?
कुनैपनि भूकम्पपीडितको घर पुनर्निर्माण गर्न आवश्यक छ भनेर तथ्याङ्क विभागले संशोधन गरेर पटाएको घरलाई प्राधिकरणले स्वीकृत गरेपछि त्यो नामावली स्थानीय विकास मन्त्रालयमा जान्छ । स्थानीय विकास मन्त्रालयले विल्ला विकास समिति मार्फत् त्यो नामावली गाविस तथा नगरपालिकामा पठाएपछि आवश्यक कागजात लिएर भूकम्पपीडितहरू बैंकखाता खोल्नको लागि स्रोत केन्द्र तथा स्थानीय निकायमा जानु पर्ने छ । त्यसरी खोलेको खातामा सरकारले तीन चरणमा गरेर पैसा राखिदिने र सम्बन्धित व्यक्तिले गएर निकाल्न सक्नेछन् । प्राधिकरणले निर्धारण गरेको सो पैसा घरको जग हाल्नु अघि घरको गह्रो लगाएपछि र छानो लगाएपछिको तीन चरणमा छुट्टाएर पहिलो चरणमा ५० हजार, दोस्रो चरणमा गाह्रो लगाएपछि ८० हजार र तेस्रो चरणमा छानो लगाएपछि ७० हजार रूपैयाँ वितरण गर्ने छ । यसरी बनाउने घर भूकम्पप्रतिरोधिभने हुनु पर्ने छ ।  
 
जिल्लाभित्र जुन ठाउँको जग्गाको लालपूर्जा भएपनि पैसा पाउने
भूकम्पप्रभावितहरूले आफूले नागरिकता पाएको जिल्लाको सीमाना भित्रका जुनसुकै ठाउँमा पनि घर बनाउने जग्गा आफ्नो नाममा रहेको लालपूर्जा रहेको खण्डमा उसले सो रकम प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ । 
राहत नपाउनेलाई गुनासोको सुविधा
 
प्राधिकरणले राहत पाउनेलाई र नापजाँचको क्राामा आफ्नो घरको नापजाँच छुट्न भएकाहरूको लागि गुनासोको सुविधा गरेको छ । प्राधिकरणले विभिन्न स्थानीय निकाय तथा आफ्नो आधिकारिक वेभसाईटमा गुनासो फारम भरेर कार्यालयमा पुग्ने गरी पठाएको खण्डमा उनीहरूको लागि विशेष रूपमा नाप जाँच गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता थपलियाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ