- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नौदिनदेखि सत्याग्रहमा रहेका चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको कारण आफु पनि त्यसलाई समर्थन गर्दै अनशन तोडेको केसीले बताएका छन् ।
डा. केसी डडेल्धुरा पुगेर १७औँ पटकको अनशन बसेका थिए ।
सरकारले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको थियो ।