arrow

सरकार बनाउन असफल दलहरुलाई सबक, महाराष्ट्रमा राष्ट्रपति शासन

१९ दिनसम्म पनि दलहरुले बनाउन सकेनन् सरकार

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
ramnath-kovind.jpg

काठमाडौं। सरकार बनाउन दलहरु सफल नभएपछि महाराष्ट्रमा मतपरिणाम सार्वजनिक भएको १९औं दिनमा राष्ट्रपति शासन लागू भएको छ। राष्ट्रपति शासन लागू भएसँगै विधान सभा निलम्वित भएको छ। 

राष्ट्रपति शासन लागू भएको विधान सभा निलम्वन भएपनि भंग भने भएको अवस्था हैन। 

भाजपासँग गठवन्धन गरेर चुनाव लडेको शिवसेनाले मुख्यमन्त्रीमा गरेको दावीबाट पछि नहटेपछि भाजपा उसँगै मिलेर सरकार बनाउन नसक्ने अवस्थामा पुगेको थियो। 

तेस्रो र चौथो दल एनसीपी र कांग्रेससँग मिलेर शिवसेनाले सरकार वनाउने प्रयास गरेपनि सोमबार साँझसम्म शिवसेनाले सरकार बनाउन १४५ अंक पुर्‍याउन सकेन। शिवसेनाले ति दुई पार्टीको समर्थनको चिठी राज्यपाललाई बुझाउन सकेन। 

राज्यपालले सोमबार राती नै एनसीपीलाई सरकार बनाउने निम्ता दिए। तर एनसीपीले पनि चित्तबुझ्दो सरकार बनाउन सक्ने जवाफ नदिएपछि राज्यपाल भगतसिंह खोसियारीले केन्द्रीय सरकारलाई राष्ट्रपति शासनको सिफारिस गरे।

ब्रीक्सको वैठकमा भाग लिन ब्राजिल जानु अघी मन्त्रिपरिषदको वैठक बोलाइ प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरको सिफारिसलाई निर्णय गराई राष्ट्रपति कार्यालयमा पठाएका थिए। 

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि सरकारले निर्णय गरि पठाए अनुसार नै महाराष्ट्रमा राष्ट्रपति शासन लागू गर्ने निर्णयमा हस्ताक्षर गरि सरकारलाई जानकारी गराए। यो जानकारी गराएसँगै भारतीय केन्द्रीय गृह मन्त्रालयले महाराष्ट्रमा राष्ट्रपति शासन लागेको घोषणा गर्‍यो। राष्ट्रपति शासन लागेसँगै मुम्वइमा राज्यपालको सुरक्षा बढाइएको छ।  

यता आफूलाई सरकार बनाउन मागेको थप समय नदिएको भन्दै शिवसेना सर्वोच्च अदालत गएको छ। शिवसेनाले राष्ट्रपति शासनको बिरुद्ध पनि सर्वोच्चको ढोका ढक्ढक्याउने भएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ