arrow

युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा : जीवन परियार

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
jiban-paryar.jpg

पोखरा। नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन्। उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने बेला आएको बताए।

नेता परियारले २ तिहाइको कम्युनिष्ट सरकार बनेको ३ वर्ष बित्न लाग्दा पनि युवाका लागि भरपर्दो कार्यक्रम ल्याउन नसक्दा युवामा निराश बढेर विदेशिनेक्रम झनै बढेको आरोप लगाए। 

उनले भने, ‘यो सरकार युवालाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन भन्दा बिदेश पठाउन उद्धत छ। युवाहरु निराश भएर विदेशिनेक्रम बढ्यो।’ नेपाल तरुण दल पोखरा–३३ ले आयोजना गरेको चुनाव भेलालाई संवोधन गर्दै नेता परियारले तरुण दल नेपाली कांग्रेसको सशक्त खम्बा भएको भन्दै यो चुनावमा सबै ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औंल्याए।

नेता परियारले भने, ‘युवाको महत्व बुझेर नै विपि कोइरालाले २०१० सालमा तरुण दलको स्थापना गर्नुभएके हो। पार्टी र राष्ट्रका लागि सशक्त युवा शक्तिको अझै खाँचो छ, विशेष महत्व छ।’

भेलाले चेतबहादुर महतको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ। भेलाबाट पोखरा–३३ का ५ वटा बुथका लागि संयोजक तोकिएका छन्। जसअन्तर्गत सरस्वती टीका उच्च मावि बुथम प्रकाश श्रेष्ठ, चण्डी मावि वुथमा पर्वत राना, कालिका मावि बुथमा शिवराज अधिकारी संयोजक छन् भने शान्ति उदय माविमा संयोजक तोक्न बाँकी रहेको ईकाई सचिव प्रकाश कार्कीले जानकारी दिए।

तरुण दलका सभापति शंकर पौडेलको सभापतित्वमा भएको भेलाले बुथ केन्दित सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ