arrow

विशेष स्कुल तथा पुनस्थापना केन्द्रको भवन शिलान्यास

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
autism-school.jpg

काठमाडौं। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८, ताथली, डाँडापाटी, याकाडोलमा २–१–०–१.८५ (११३३३.८५ वर्ग फिट) क्षेत्रफलमा विशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) को भवन शिलान्यास गरिएको छ। मंगलवार एक औपचारिक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र विशिष्ठ अतिथि एवम् मिसन रिबिल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती र संस्थाका अध्यक्ष सविता उप्रेतिद्वारा संयुक्त रूपमा शिलान्यास गरे।

उक्त कार्यक्रममा मिसन रिबिल्ड संस्थाबाट विशेषा स्कुल तथा पुनर्स्थापना केन्द्रको भवन चालिस हजार डलरको सहयोग उपलब्ध गराउने घोषणा संस्थाका अध्यक्ष डा. मदन उप्रेतीले गरे र पहिलो किस्ता स्वरूप दश हजार डलरको चेक संस्थाकी अध्यक्षा सविता उप्रेतीलाई हस्तान्तरण गरे।

कार्यक्रममा रिबिल्ड नेपालका उपाध्यक्ष तथा शिक्षाविद् युवराज शर्मा, सदस्य श्याम मैनाली, वरिष्ठ प्रत्रकार बिष्णु निष्ठुरी, नाईस टेलिभिजनका सीइयो आशीर्वाद पुन, अरनिको टेलिभिजनका संचालक ईश्वरराज ढकाल लगाएतका पत्रकार अभिभावक तथा शुभचिन्तक र अटिजम भएका बालबालिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी किशोरी एलिशा न्यौपानेले र ऐश्वर्या चौधरीले स्वागत नृत्य गरेका थिए। संस्थाको निर्माणाधिन भवन बृहत्तर योजनाको बारेमा बताउँदै संस्थाकी अध्यक्ष सविता उप्रेतीले संस्थाले अटिजम भएका बालबालिकाहरूलाई मध्यनजर गरी उनीहरूको लागि अटिजम स्कुल तथा अटिजम अनुसन्धान केन्द्र, अविभावक, शिक्षक तथा विद्यार्थीहरूका लागि तालिम केन्द्र, खेल मैदान आदि गरेर करिब ४ करोड ७५ लाख अनुमानित लागत रहने बताउँदै उक्त रकमको लागि हरेकलाई एकएक ईटा थपेर सहयोग गरिदिनुहुन अनुरोध समेत गरिन्।

हालसम्म मिसन रिविल्ड नेपालले ४० लाख, एनआरएनए अष्ट्रेलियाले ३० लाख र विभिन्न व्यक्तित्वहरूबाट १ लाख ८० हजार सहित हालसम्म ७१ लाख ८० हजार रुपैया सहयोगको प्रतिबद्धता प्राप्त भएको कुरा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीले जानकारी दिईन्। 

भवनका बारेमा थप जानकारी गराउँदै संस्थापक अध्यक्ष उप्रेती भनिन् २ वर्षको अवधिमा उक्त भवनको निर्माण कार्य सम्पन्न हुनेछ। स्कुल निर्माणपश्चात विशेष गरी अटिजम भएका वालवालिकाहरूका लागि अटिजममैत्रीपूर्ण वातावरणमा शिक्षा हाँसिल गर्न पाउनेछ।

हाल उक्त विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र काठमाडौंको पेप्सीकोलामा भाडामा लिएको भवनमा संञ्चालित छ। संस्थामा ४५ जना अटिजम भएका बालबालिका तथा किशोरकिशोरीहरू शिक्षा स्वास्थ्य थेरापी सहित सीपमुलक तालिम लिइरहेका छन् र हाल २७ जना कर्मचारीहरू कार्यरत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ