arrow

स्कुलमा पहिले समाचार अनि जन्मोत्सवको बधाई त्यसपछि प्रार्थना

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
samachar-padhne-student.jpeg

काठमाडौं । नमस्कार ! अब प्रस्तुत छ आजका मुख्य समाचार...अयोध्या फैसलापछि शहरमा अमन–चयन कायम छ । स्कुल खुलेका छन्, सबै बच्चाहरु स्कुल जाउन् । अर्को समाचार...महाराष्ट्रमा सरकार बनाउनका लागि भएको रस्साकस्सी राष्ट्रपति शासन लाग्नासाथ खतम भएको छ । यो कुनै टेलिभिजनकी समाचार वाचिकाको समाचारको शब्द नभइ खन्डवाको शासकीय महारानी लक्ष्मीबाई कन्या विद्यालयका स्कुले छात्राहरुको हो । 

त्यहाँ हरेक दिन बिहान स्कुल खुल्नासाथ प्रार्थनाभन्दा पहिले छात्राहरुले शिक्षक तथा साथी विद्यार्थीहरुको शहर र देश विदेशका ताजा समाचार बढेर सुनाउँछन् । 

यसमा सामान्य ज्ञानको तयारी पनि हुने गर्छ । यसबाहेक स्कुलमा जसको पनि जन्मोत्सव हुन्छ उसलाई बधाई पनि दिने गरिन्छ । 

विद्यालयमा यस्तो कार्यका लागि २० मिनेटको अतिरिक्त समय निकाल्ने गरिन्छ । यस दौरान स्कुलका छात्राहरु, शिक्षिकाहरु तथा अन्य कर्मचारीहरु सामूहिक रुपले गीत संगीतका साथै राष्ट्रगान, राष्ट्रगीत, ईश्वर बन्दनामा भाग लिने गर्छन् । 

प्राचार्य, शिक्षक, शिक्षिकाहरु हरेक दिन एक प्रेरक प्रसंग छात्राहरुलाई सुनाउने गर्छन् जुन भविष्यका लागि प्रेरणादायी बनोस् । (भास्करडटकमबाट)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ