arrow

गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
rajesh-hamal-kamala-dahal.jpg

काठमाडौं। गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । अधिकारीको गीतमा राजेश हमालले अभिनय गरेका छन्। ‘मैले चोट खाँदा’ बोलको गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको गीतको भिडियोमा राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको अभिनय रहेको छ । गीतले निकै भाबुक बनाउँछ।

सबै सम्बन्ध गलत हुँदैनन परिस्थितिले गलत बुझाउन सक्छ भन्ने तितोपनलाई गीतमा देखाउन खोजिएको छ भने अन्तिममा सबै भ्रम हटेको समेत देखाइएको छ। लोकराज अधिकारीको शब्द रहेको गीतलाई गायिका रेनु विष्ट केसीले गाएकी छिन् भने गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

शिव बिकेको निर्देशनमा तयार भएको गीतमा मिलन विश्वकर्माको सम्पादन र फणिन्द्र राईको एरेन्ज रहेको छ। गीतकार अधिकारीको नायक हमाल र गायिका बिस्टसँगको यो दोस्रो सहकार्य हो भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासकी बर्तमान अध्यक्ष समेत रहेकी अभिनेत्री दाहालसँग गीतकार अधिकारीको यो तेस्रो सहकार्य हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ