arrow

अनुसन्धान प्रक्रियालाई ‘विचहन्ट’ भन्ने ट्रम्प संकटको दलदलमा 

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
trumps.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिनानुदिन संकटको दलदलमा फस्दै गएका छन् । असभ्य भाषाको प्रयोगमा नियन्त्रण गर्न नसकेका ट्रम्पले महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानन प्रक्रियालाई ‘विचहन्ट’ अर्थात् बोक्सी शिकार भन्दै आएका छन् । 

उक्त क्रममा उनको सार्वजनिक रुपमा सुनुवाई सुरु भएको छ । अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा ट्रम्पसंग निकट रहेका र घटनाका बारेमा जानकारी रहेको ठानिएका उच्च अधिकारीहरुसँग पहिलो सार्वजनिक रुपमा सुनुवाई सुरु गरिएको हो ।

युक्रेनसंग अनुचित सहयोग मागेको र दवाव दिएको आरोपसहित विपक्षी दलले महाअभियोग दर्ता गराएको थियो । सार्वजनिक रुपमा भएको सुनुवाईको क्रममा एक उच्च कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले सीधै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पूर्व उपराष्ट्रपति जो बाइडेनका सम्बन्धमा अनुसन्धान गर्न भनेको बताएका छन् ।

ट्रम्पले आफ्नो सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल बनाउनका लागि विदेशी शक्तिको सहयोग मागेको आरोप छ । जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपतिको चुनावका लागि विपक्षी पार्टीको तर्फबाट उम्मेदवार बन्ने होडमा अग्रस्थानमा छन् ।

राजदूत टेलरले महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा पहिलोपटक सार्वजनिक रुपमा भएको सुनुवाईमा बोलेका हुन् ।

डोनाल्ड ट्रम्पले भने आफूमाथि लागेका आरोपलाई झुठो भन्दै आएका छन् । आफ्नो आगामी चुनावी यात्रालाई रोक्न यो षड्यन्त्र रचिएको उनको आरोप छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ