arrow

मोदी–सीबीच सीमा विवादबारे छलफल 

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
modi-xi-meet-2018.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले ब्रिक्स राष्ट्रहरुको सामाजिक सुरक्षा सम्झौतामाथि विचार विमर्श गर्न जोड दिएका छन् । ब्राजिलमा भइरहेको ब्रिक्स बिजनेस फोरमलाई सम्वोधन गर्दै मोदीले विश्वको आर्थिक विकासमा ब्रिक्स राष्ट्रहरुको ५० प्रतिशत योगदान हुने भएकाले यो सम्झौताको महत्वबारे चर्चा गरेका हुन् । 

विश्वमा आएको मन्दीका बाबदूद ब्रिक्स राष्ट्रहरुले आर्थिक विकासमा योगदान दिँदै करोडौं मानिसलाई गरिबीबाट मुक्त गराएको मोदीले भने । 

मोदीले ब्राजिलमा भारतीयको भिसा मुक्त प्रवेश दिने निर्णयप्रति राष्ट्रपति जायर बोल्सनारोप्रति आभार व्यक्त गरेका छन् । 

उनले सन् २०२० को गणतन्त्र दिवसको निम्तोसमेत दिइसकेका छन्  उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा हुने भिक्टरी डे सेलिब्रेसनका लागि मोदीलाई निमन्त्रणा दिएका छन् । 

ब्रिक्स देशहरुमा भारत, चीन, ब्राजिल, रुस र दक्षिण अफ्रिका रहेका छन् । ११ औं ब्रिक्स सम्मेलनमा मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, पुनि र बोल्सोनारोसंग बहुपक्षीय मुद्दामा चर्चा गरेका छन् । 

चिनफिङसंग ब्यापार सम्बन्धमा समेत चर्चा गरेको बताइएको छ । मोदीले यदि आफूहरु ब्यापारिक साझेदारीमा सफल भए विश्वमै निकै अगाडि बढ्न सक्ने बताएका छन् । 

२०१४ मा पहिलो पटक ब्राजिलमै भेटिएका मोदी–सीबीच आजका दिनमा निकै घनिष्ठता रहेको छ । 

उनीहरुबीच सीमा सम्बन्धित मामिलामा बैठक गर्ने निर्णय समेत भएको छ । दुवै देशका सम्बन्धित मामलामा विशेष प्रतिनिधिहरुको एक बैठक बस्ने बताइएको छ । 

नेपाली भूमिमा भारतीय र चिनियाँ पक्षबाट हस्तक्षेप भइरहेको भन्ने आरोप लागिरहँदा भारत र चीनबीचको आपसी छलफलले नेपालमा पनि प्रभाव–असर पार्न सक्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ