arrow

आइसियूमा नै छिन् लता मंगेशकर ठीक हुन समय लाग्नेछ : अस्पताल

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
lata.jpg

काठमाडौं ।  पछिल्लो तीन दिनदेखि अस्पताल भर्ना भएकी भारतकी चर्चित गायिका लता मंगेशकरको स्वास्थ्यको बारेमा आस्पतालले स्वास्थ्य विज्ञप्ति जारी गरेको छ  । अस्पतालका स्रोतहरूले भारतीय सञ्चारमाध्यम पीटीआईलाई दिएको जानकारी अनुसार मंगेशकरको स्वास्थ्य सम्बन्धी अपडेटमा उनको अवस्था अझै स्थिर रहेको र बिस्तारै सुधार हुँदै गएको बताइएको छ। उनलाई अहिले पनि अति सघन कक्ष (आइसियू) मा नै रहेको अस्पतालले जनाएको छ ।

लोकप्रिय गायिका ९० बर्षिया मङ्गेश्वरलाई मुम्बईको दक्षिणी क्षेत्रमा रहेको ‘ब्रेथ क्यान्डी अस्पताल’मा उपचारका लागि राखिएको छ।  अस्पतालका अनुसार मंगेशकर निको हुन केहि समय लाग्नसक्छ । साथै सुधारका केही संकेतहरू देखिएका छन्। मंगेशकर निमोनिया र छाती संक्रमणबाट पीडित छन्। यसबाट पीडित कुनै पनि व्यक्ति निको हुन समय लाग्ने अस्पतालले जनाएको छ ।

बुधबार समाचार एजेन्सी एएनआईले लता मंगेशकरको परिवारको तर्फबाट एक विज्ञप्ति जारी गरेको छ। सोमा भनिएको थियो - लता दीदीलाई पहिले भन्दा अहिले राम्रो छ। सबैको प्रार्थनाको लागी धन्यबाद। हामी उहाँ घर फर्किने पर्खइमा छौं।

 यसभन्दा अघि अस्पतालसँग सम्बद्ध स्रोतहरूले एक अंग्रेजी अखबारसँग कुराकानीमा भनेको थियो- लता जी लाइफ सपोर्ट सिस्टर हुन् । उनको स्वास्थ्य बिस्तारै सुधार हुँदैछ तर उनि खतराबाट बाहिर छैनन्।

लता मंगेशकरको उपचार गरिरहेका डाक्टर प्रितित समदानीले भनेका थिए, 'लता जी अहिले न्यूमोनिया, मुटुको समस्या र छातीमा संक्रमण बाट पीडित हुनुहुन्छ। संक्रमण नियन्त्रणमा नआएसम्म हामी केहि गर्न सक्दैनौं। उहाँ संक्रमणबाट बाहिर आउनु पर्छ। यस समयमा केहि भन्न गाह्रो छ। हामी निरन्तर उहाँको सुस्वास्थ्यको लागि प्रयासरत छौं। हामीलाई आशा छ उहाँ छिट्टै निको हुनुहुनेछ। '

भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका लताले सन् १९४२ मा गायन सुरु गरेकी थिइन् एक हजार भन्दा बढी ‘बलिउड’का चलचित्रहरूलाई विभिन्न ३६ भाषाहरूमा स्वर दिएकीछिन्। भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्रो गायिका हुन्।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दर्ता भएकी थिइन्। उनले १९४८ देखि १९७४ सम्म ३० हजार गितहरू रेकर्ड गराएकी छिन्। उनको रेकर्डलाई पछि बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएर तोड्नु भएको बताइन्छ।

करिब एक हजार सुप्रसिद्ध गायिका लताले भारत रत्न, पद्म विभूषण, पद्म भूषण, दादासहेब पाल्खे पुरस्कार लगायतका प्रसिद्ध पुरस्कार पाएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ