arrow

अन्तराष्ट्रिय प्रतियोगिताको उपाधी जित्दै नेपालका कृष्ण थापाले बुद्धिचालमा इतिहास रचे

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
krishna-thapa.jpg

काठमाडौ । सिएम कृष्ण थापाले अफीसीयल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालको तर्फबाट उपाधि जित्दै इतिहास रचेका छन् । १५ देशका खेलाडी सहभागि रहेको यस प्रतियोगिता बुद्धिचालको सर्वोच्च निकाय फिडेको अफीसियल प्रतियोगिता हो ।

काठमाडौमा बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा कृण्ण थापाले रिजेन्द्रराज भण्डारीलाई नौ राउण्डको खेलमा माथ दिदै उपाधि कब्जा गरेका हुन् । कृष्ण थापाले नौ राउण्डको खेलमा ८ अंक प्राप्त गरे भने अन्तिम राण्उडमा हारेका रिजेन्द्रराज भण्डारी ६.५ अंकका साथ पाचौ स्थान हात पारे । यी दुबै जना गजुरमुखी चेस क्लवसग आवद्ध खेलाडी समेत हुन् । यो बिजयीसगै थापा एमेचर वर्ल्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने पक्का भएको अन्तराष्ट्रिय आर्विटर उमेश केसी चौलागाईले बताए ।

मकवानपुर निवासी कृष्ण थापा बुद्धिचालमा पुराना तथा राम्रा खेलाडी हुन् । उनी २०५६ सालमा नेपाल दोस्रो समेत भएका थिए । उनले गत साल झापामा सम्पन्न अल नेपाल ओपन च्याम्पियनसिपको उपाधी समेत हात पारेका थिए । साथै २०१६ मा २२०० भन्दा तलको न्यु माल्ट वेल्थ च्याम्पियनसिप प्रतियोगिताको समेत बिजयी खेलाडी हुन् । प्रतियोगिताको टप टेन भित्र नेपाली खेलाडीहरु ८ जना परेर इतिहास रचेका छन् ।  

अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अङ्क सहित दोस्रो भए । उनी पनि गजुरमुखी चेस क्लवसग आवद्ध खेलाडी हुन् । भारतका शुभम शुक्लालाई हराएका बर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाई ७ अङ्क सहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अङ्क सहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए । यसै गरी, सुमित पन्त सातौँ,  आशिष फुयाँल आठौँ तथा सुरवीर लामा नवौँ तथा शुभम शुक्ला दशौँ भए ।

महिला तर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चीनका सुन फुरुङ्ग दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै सुशीला गुरुङ पाँचौ भए ।

नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी रहेको आयोजकले बताएको छ । विजयी थापाले १ हजार ५ सय,  उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । यसै गरि  चौथो र पाचौले ५ सय, छैठौले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौँ देखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।

महिला तर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेस्रो देखि पाचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए । उनीहरुलाई आज बेलुका पार्क भिलेज होटलमा हुने एक बिशेष कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोख्रेलले पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको आयोजनले जनाएको छ । कार्यक्रमको उदघाटन राष्ट्रपति बिद्या देवी भण्डारीले गत शुक्रवार गरेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ