arrow

यसरी भयो विवाहित सैफसँग करीनाको प्रेम

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
saif-kareena2.jpg

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान र करीना कपूर खान बलिउडका चर्चित जोडि मध्येका एक मानिन्छन् । सैफ अली खान र करीना कपूरको विवाह भएको ८ बर्ष भन्दा ज्यादा भएको छ । दुवैले सन् २०१२ मा विवाह गरेका थिए । सैफ अली खान र उनकी पत्नी करीना कपूर खानबिचको लगाभ राम्रैसँग देख्न सकिन्छ । सार्वजनीक कार्यक्रम र अवार्ड फंक्शनमा पनि दुवैलाई एकै साथ देख्न पाइन्छ ।

करीना प्राय सैफ र आफ्नो सम्बन्धका बारेमा कुरा गरिरहन्छिन् । हालै करीनाले सैफसँग डेटिंगको बिषयमा खुलासा गरेकी छन् । करीनाले लेखिन् , ' म भाग्यमानी हुँ कि मेरो आसपास सधै मलाई चाहने मानिसहरु रहे । उनिहरुले सधै मलाई सपोर्ट गरे। जब मलाई म गरिरहेको छु भन्ने लाग्यो , तब सैफले मलाई सम्हाले।'

करीनाले बताइन् , ' मेले सैफसँग कयौ पटक भेटेको थिए तर जब हामी 'टशन' को सुटिङ गरिरहेका थियौ तब केहि नयँ मोड आयो । मलाई सैफसँग प्रेम भयो । उनि निकै आकर्षक थिए । म उनको लागि पागल भए । हामी राम्रा राम्रा कुरा गर्थ्यौ र हाम्रो राम्रो सम्बन्ध बन्यो । उनि म भन्दा १० बर्ष जेठा छन् । उनका दुई सन्तान पनि छन् । तर उनि मेरा लागि सैफ मात्र हुन् ।'

करीनाले भनिन्, 'केहि समय डेट गरिसकेपछि सैफले भनेका थिए उनि २५ बर्षका युवक होइनन् र सधै मलाई घरसम्म छोड्न सक्दैनन् ।  सैफले मेरो आमासँग भनेका थिए उनि आफ्नो पुरा जिवन मसँग बिताउन चहान्छन् । त्यसपछि हाम्रो विवाह भयो ।'

केहि बर्ष डेटपछि सैफ र करीनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए । यसभन्दा पहिले सैफ अली खानले अमृता सिंहसँग विवाह गरेका थिए । उनिहरु बिच सम्बन्धविच्छेद भएको थियो । सैफ र अमृताका दुई सन्तान रहेका छन् सारा अली खान र इब्राहिम अली खान। करीना कपूर खानबाट सैफको एक छोरा रहेका छन् तमूर।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ