- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले एक वर्षपछि चन्द्रयान–३ चन्द्रमामा पठाउने तयारी गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सन् २०२० को नोभेम्बरमा चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सक्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
इसरो सूत्रलाई प्रयोग गर्दै भारतीय मिडियाहरुले एक वर्षपछि चन्द्रयान ३ चन्द्रमामा ल्यान्डिङ गर्ने गरी एक उच्च स्तरीय समिति बनाएको छ ।
यसको नेतृत्व तिरुबनन्तपुरमको विक्रम साराभाइ स्पेस रिसर्च सेन्टरका निर्देशक एस. सोमनाथले गरिहेका छन् । यो सेन्टरलाई इसरोका सबै लन्च भेहिकल प्रोग्रामको जिम्मा दिइएको छ । चन्द्रयान ३ का सबै रिपोर्ट यही समितिले तयार गर्नेछ ।
चन्द्रयान २ का गल्ती पत्ता लगाउन समिति गठन
इसरोले गत सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी ध्रुबमा चन्द्रयान २ को विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङको प्रयास गरेको थियो ।
तर अन्तिम समयमा सम्पर्क टुटेको थियो । यसपछि विभिन्न एकेडेमी तथा इसरो विशेषज्ञको टिमले ल्यान्डरबाट इसरोको सम्पर्क टुट्नुको कारण पत्ता लगाउने काम गरेको छ ।
यसका लागि लिक्विड प्रपुल्सन सिस्टम्स सेन्टरका निर्देशक वी. नारायणन को नेतृत्वमा एक स्तरीय स्तरको समिति गठन गरिएको थियो । अधिकारीका अनुसार समितिले यस अभियानका क्रममा गल्ति हुनुको कारण पत्ता लगाएको छ ।
समितिले यसको रिपोर्ट स्पेश कमिशनलाई दिइसकेको छ । प्रधानमन्त्री कार्यालयको स्वीकृतिपछि यसलाई सार्वजनिक गरिने जनाइएको छ ।