- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्धतले युरो कप फुटबलमा पोर्चुगलले शानदार जित निकाल्न सफल भएको छ । लिथुआनियालाई ६–० गोल अन्तरले हराएको छ ।
बिहीबार राति घरेलु मैदानमा खेलेको पोर्चुगलका लागि रोनाल्डोले ९८ अन्तर्राष्ट्रिक गोल गर्ने क्रममा ह्याट्रिक पूरा गरेका हुन् ।
रोनाल्डोले पोर्चुगलका लागि नवौं ह्याट्रिक गरेका हुन् । पोर्चुगलका लागि एफोन्सो फर्नान्डेस, मेन्डेस पेसेन्सिया र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।
समूह बी को पोर्चुगल ७ खेलबाट १४ अंक सहित दोस्रो स्थानमा छ । युक्रेन १९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।