arrow

जयशंकरले भने – छिमेकीले शिमला सम्झौतापछि प्रतिशोधमा कश्मीरमा समस्या गर्यो

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
jayashankar-minister-inida.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले सन् १९७२ मा भएको शिमला सम्झौतापछि पाकिस्तानमा प्रतिशोधको भावना जागेको बताएका छन् ।

उक्त प्रतिशोधको स्वरुप पाकिस्तानले जम्मू–कश्मीरमा समस्या उत्पन्न गरेको बिहीबार बोल्दै उनले आरोप लगाएका छन् । 

उनले पाकिस्तानसंग जुध्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले उठाएको कदमको प्रशंसा गर्दै यसअघिका सरकारको आलोचना समेत गरेका छन् । 

सन् १९६२ सम्म भारतको विश्व मञ्चमा स्थिति राम्रो भए पनि १९६२ मा चीनसंग भएको युद्धले देशलाई नोक्सान पुगेको समेत बताएका छन् । 

जयशंकरले भनेका छन् कि यदि आजको दूनियाँ बदल्नु छ भने उसकै अनुसार मुकाबला गर्नुपर्छ । अलग भएर जाँदैमा मद्धत नमिल्ने स्वीकारोक्ति जयशंकरको छ । 

मुम्बई हमलाको प्रतिक्रिया यदि भारत सरकारले तत्कालीन अवस्थामा दिएको भए पाकिस्तानले पुलवामा घटना गराउने हिम्मत नगर्ने उनको भनाई छ । उनले भनेका छन् –खराव सम्झौता गर्नुभन्दा नगरेकै वेश । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ