arrow

पहिलो पटक हावामा रहेको कार्बन डाइअक्साइडबाट ‘भोड्का’

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
vodka-co2.jpg

काठमाडौं । अमेरिकाले पहिलो पटक हावामा रहेको कार्बन डाइअक्साइडबाट कार्बन नेगेटिभ भोड्का तयार गरेको छ । अमेरिकी स्टार्टअप कम्पनी एयरले हावाबाट पहिलो पटक कार्बन नेगेटिभ भोड्का बनाएको हो । 

कम्पनीले हावामा रहेको कार्बन डाइअक्साइड सोलर पावर मेसिनबाट इथोनलमा रुपान्तरण गरेर बनाइएको दावी गरेको छ । 

कम्पनीका सहसंस्थापक ग्रेगरी कन्सटेटिनका अनुसार भोड्काको हरेक बोतलमा ०.४ किलो कार्बन डाइअक्साइडको प्रयोग भएको छ । 

यसको स्वाद सामान्य भोड्का भन्दा फरक रहेको दावी कम्पनीको छ । यो भोड्कालाई गहुँको स्वादमा बनाइन्छ । 

कम्पनीले आफ्नो उत्पादनलाई नविनता दिन सिपालु रहेको दावीका साथ न्युयोर्कका मुख्य बार तथा रेस्टुरेन्टमा उत्पादन आपूर्ति गरिरहेको जनाएको छ । 

एक बोतल भोड्काको मुख्य झण्डै ७५०० रुपैयाँ पर्न आउँछ । सन् २०२० सम्म यसले ठूलो परिमाणमा बजारमा पुर्याउने तयारी गरेको जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ