arrow

मैले चिनेको खेमराज गुरु !

logo
राजन पोख्रेल,
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
Untitled-1.jpg

२०६७–६८ सालतिरको कुरा हो । मेरो घर मट्टिखान, म एसएलसी पास भएर भर्खर प्लस टु साइन्स पढ्न पोखरा झरेको । म घरबाट नै बिहान पढ्न आउँथें बेलुका घर नै फर्कन्थें । पोखरा आउने सिटी बस मट्टिखानबाट बिहान ८ बजे पोखरा आउँथ्यो भने बेलुका ४ बजे पृथ्वीचोकबाट मट्टिखानको लागि बस छुट्थो । मेरो पढाइ १० बजेबाट ३ः४५ सम्म हुन्थ्यो ।

म दिनमा पढ्ने गर्थें पोखरा नयाँबजारस्थित रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीमा भने कलेजको नजिकै चिप्लेढुङ्गामा नेपाली कांग्रेस कास्कीको पाटी कार्यलय थियो । मलाई पनि बिस्तारै राजनीतिले आकर्षक गरिरहेको थियो मसँगैका साथीहरू साथै धेरै दाइहरु राजनीतिको कुरा गर्नुहुन्थ्यो । म सुन्थें उहाँहरुसँगै बसेर मलाई राजनीति सम्बन्धि ज्ञान थिएन । तर बिस्तारै ज्ञान साथै मेरो आकर्षक बढ्दै गयो । मैले सानोमा नै एउटा काकाले नेपाली कांग्रेस भन्दै हिँडेको र रुखमा भोट मागेको अनि गिरिजाबाबु र नेपाली कांग्रेसको इतिहास सुन्न पाएको थिएँ । मेरो पनि स्वभाविक रुपमा कांग्रेस पाटी तर्फनै झुकाब रह्यो र म नेपाली कांग्रेसकै भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्द भए ँ।

म नेविसंघमा बिस्तारै कलेज समय मिलाएर हिँड्न थाले धेरै जसो म दाइहरुसँग कलेज छुट्टी भएपछि पार्टी कार्यालय जान थालेँ । पार्टी कार्यालयमा म जस्ता विद्यार्थीहरु पनि हुन्थे अरु ठुला नेताहरु पनि हुन्थे धेरै जसो गाडी चढेर आउने नेताहरु देख्थेँ मैले । 

त्यसैको भीडमा एउटा दौरासुरुवाल लगाउने ढाका टोपी लगाएका जुत्तामा गोल्डस्टार लगाएका मानिस पनि दिनानुदिन आउने गर्नुहुन्थ्यो । उहाँलाई सबैले गुरु भनेर बोलाउने गर्थे।

यति सरल रूपमा आउने फेरि सबैले गुरु भन्ने को होला भनेर मेरो ध्यान आकर्षित हुन थाल्यो । पछि एकदिन पाटी कार्यलयबाट उहाँ र म एउटै गाडीमा चढेर पृथ्वीचोकसम्म आयौं । तर म केही बोलिन । पछि उहाँ पनि म गाउँ जाने बस चढ्ने ठाउँमा नै आउनु भयो त्यहा भने मैले पनि गुरु जयनेपाल भनेँ । उहाँले पनि बाबू जयनेपाल सन्चै छौ भन्नू भयो सन्चै छु गुरु भनेर  म मट्टिखान जाने बसमा चढेँ। 

मैले सुनेको थिएँ नेताहरु त ठूलो गाडी चढ्छन् तर उहाँ त म चढेकै बस चढेर पृथ्वीचोकसम्म आउनु भयो मेरो मनमा केही कुराहरु खेलेँ । घर जाँदै गर्दा तर कसैलाई सोध्न सक्ने ठाउँमा पनि त थिइन म ।

त्यसैगरी भोलिपल्ट पनि म पार्टी कार्यालय गएँ । दाइहरुसँग त्यहाँ त्यही दौरासुरुवाल ढाकाटोपी लगाएका गुरु देख्नासाथ म सिधै गुरु जयनेपाल भनेर उहाँसँग बोल्ने प्रयास गरें । उहाँले पनि जयनेपाल बाबू सन्चै छौ भन्नुभयो । हजुर सन्चै छु गुरु भनेँ । अनि तपाईं र म हिजो सँगै गाडीमा गएको बाबू हो गुरु भनें । त्यसपछि उहाँले घर कहाँ के गर्छौ भनेर सोध्न थाल्नुभयो मैले आफू कलेज पढ्ने र घर मट्टिखान हो भनेँ । 

गुरुले ए भन्नुभयो घरबाट आउने जाने गर्छौं कि यतै बस्छौ भन्नू भयो मैले घर बाट आउनेजाने गर्छु ४ बजे बस लाग्छ भनेपछि गुरुले आजसँगै जाने त्यहाँसम्म भन्नुभयो । म खुशीका साथ गुरुलाई कुरिरहेँ ।

हामी ३स्ः३० मा पृथ्वीचोकको गाडी चढ्यौँ उहाँले आफ्नो नाम खेमराज पौडेल रहेको तर सबैले गुरु भनेर बोलाउने र घर पुम्दी रहेको भन्नुभयो। उहाँको गाउँ जाने गाडी र मेरो गाउँ जाने गाडी दिउँसो ४ बजे छुट्थ्यो। उहाँ पुम्दिको गाडी चड्नुभयो म मट्टिखानको ।

उहाँ नेपाली काङ्ग्रेसमा धेरै पुरानो नेता हुनुहुँदो रहेछ साथै उहाँ एक इमान्दार निष्ठावान नेता हुनुहुँदो रहेछ । मैले उहाँबाट धेरै राजनीति एवम् समाजसेवाका कुराहरु सिक्न पाएँ । एउटा पुरानो ठुलो पार्टीको नेता तर सामान्य मानिस नेपाली पोशाकमा हिँड्ने न केही लोभलालच यस्ता मानिसहरु राजनीतिमा हुँदा समाज परिवर्तन हुन समय लाग्दैन । 

‘जब सामान्य मानिस असामान्य राजनीति गर्छ तब समाज बदलिन्छ’ मैले  उहाँबाट यहि कुराहरु सिक्न पाएँ । अहिले खेमराज पौडेल गुरु कास्की निर्वाचन क्षेत्र २ को उपनिर्वाचनमा उम्मेदवार हुनुहुन्छ । हामीले समाज र देश बदल्न उहाँ जस्ता निष्ठावान इमान्दार मानिसलाई रोज्नु बाहेक अर्को विकल्प छैन ।
उहाँलाई मेरो अग्रिम बधाई एवम् शुभकामना । (मट्टिखान पोखरा २१)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ