arrow
ADVERTISEMENT

चीनमा पक्राउ परेका जापानी नागरिक मुक्त

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
china-japan-flag.jpg

टोकियो। जासूसी गरेको आरोपमा चीनमा पक्राउ परेका एक जापानी नागरिकलाई चीनले मुक्त गरेको छ। टोकियोस्थित एक सरकारी अधिकारीले पक्राउ परेका ती जापानी नागरिक स्वदेश फर्किएको जानकारी दिए।

चिनियाँ कानुन उल्लंघनको आरोपमा गत सेप्टेम्बरदेखि करिब ४० वर्षका एक जापानी नागरिकलाई चीनले पक्राउ गरेको टोकियोले गत महिना पुष्टी गरेको थियो। जापानी सञ्चार माध्यमहरुले ती व्यक्ति होक्काइडो विश्वविद्यालयका एक प्राध्यापक रहेको बताउँदै आएका छन्। जापानका विदेशमन्त्री तोसिमिचु मोटेगीले पत्रकारहरुलाई चीनमा गिरफ्तार भएका जापानी नागरिक सुरक्षित रुपमा स्वदेश फर्किएकामा खुशी लागेको प्रतिक्रिया दिए।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले भने नोबु इवातानी नाम गरेका जापानी नागरिकले चीनबाट गोप्य सूचनाहरु संग्रह गरेको स्वीकार गरेको जनाएको छ। बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले जापानी नागरिकले सूचना संग्रह गरेको कुरा तथ्यले पुष्टी गरिसकेको दाबी गरे।

सन् २०१७ मा चीनले गैरकानुनी कृयाकलापमा सम्बद्ध रहेको भन्दै छ जना जापानी नागरिकलाई पक्राउ गरेको थियो। जापानी सञ्चार माध्यमहरुका अनुसार सन् २०१५ यता जासूसी समेतको अभियोगमा कम्तीमा १३ जना जापानी नागरिक चीनमा पक्राउ परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ