arrow

अर्जेन्टिनाद्धारा ब्रजिल पराजित, मेस्सीको गोल 

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
messi49.jpg

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि सनसनीपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरेका हुन् । मेस्सीले खेलको १४ औं मिनेटमै गोल गरेका थिए । पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसके पनि मेस्सीले रिबाउन्ड बलमा गोल गरेका थिए ।

यो जितपछि मेस्सीमाथि अर्जेन्टिनाका लागि गोल गर्न नसकेको आरोप पनि हटेको छ । स्पेनिश क्लब बार्सिलोनाबाट खेल्दै आएका मेस्सी क्लबका लागि भने उत्कृष्ट खेलाडी हुन् । 

शुक्रबार रातिको अन्य अन्तर्राष्ट्रिय खेलको नतिजा–
हंगेरी १–२ युरुग्वे
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ