arrow

गरिबीकै कारण दृष्टिविहिन बालकले पढ्न पाएनन्

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७२ चैत २७ शनिबार
1.jpg.jpeg
तेह्रथुम। तेह्रथुमको सुदुरपुर्वी ह्वाकु गाविस वार्ड नं. ९ चिसापानीका ७ वर्षीय दृष्टिविहीन एक बालकले खर्च अभावका कारण पढ्न पाएका छैनन् । गाउँमा दृष्टिविहीनकालागि विद्यालय नभएको र जिल्ला बाहिर लगेर पढाउन सक्ने आर्थिक क्षमता नहुँदा ह्वाकु–९ का पुर्णबहादुर रोक्काका जेठा छोरा दृष्टिविहीन शेरबहादुर रोक्काले पढ्न नपाएका हुन् । 
प्रष्ट बोल्न समेत नसक्ने, आधा मात्र कान सुन्ने र बोलाउँदा कमैसँग मात्र बोल्ने सात बर्षीय शेरबहादुर मानसिक रुपमा समेत रोगी हुनसक्ने स्थानीयको ठम्याई छ ।
 
उनलाई अहिले बाबुआमाले छाडेर हिडेपछि एक्ली हजुरआमाले रेखदेख गर्दै आएकी छिन् । दृष्टिविहीनहरुकालागि सुनसरीको धरानमा निशुल्क पढ्ने व्यवस्था छ, लगिदिनु भनेर धेरैले भनेपनि आफुलाई केही थाहा नभएकाले त्यहाँ पुर्याईदिन नसकेको हजुरआमा पुर्णमाया रोक्काले बताइन् । छोरालाई पढाउन तथा हुर्काउन बढाउन बाबुआमाले चासो नदिएपछि उसलाई आफैले दुःखका साथ राखेको उनले बताइन् । शेरबहादुरलाई केही साताअघि मात्रै जिल्ला महिला तथा बालबालिका कार्यालयले ख वर्गको अपाङ्गता परिचय पत्र दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ