arrow

सचिन तेन्दुलकरद्धारा टियू मैदानमा ब्याटिङ 

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
tendulkar-nepal.jpg

काठमाडौं । विश्व क्रिकेटका भगवान भनेर चिनिने भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल भ्रमणमा रहेका छन् । तेन्दुलकर बालबालिकाको अधिकारका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफको निमन्त्रणामा शुक्रबार राति ११ बजे नेपाल आइपुगेका हुन् ।

शनिबार उनले टियू मैदानमा नेपालका पूर्व कप्तान विनोद दासको टिम विरुद्ध मैत्रीपूर्ण खेल खेलेका छन् । यो खेल टी–१० को हो । बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा उनलाई नेपाल ल्याउन युनिसेफ सफल भएको हो । उनले आफ नेपाल आउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । 

नेपालमा यसअघि हाइ प्रोफाइल क्रिकेटरमा भारतकै कपिल देव, सुनील गबास्कर, महेन्द्र सिंह धोनी आइसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरले दर्जनौँ कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

त्यसमध्ये एउटा कीर्तिमान नेपाली खेलाडी रोहित पौडेलले तोडिदिएका छन् । रोहितले सचिनको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । 

तेन्दुलकरले पाकिस्तानविरुद्धको टेस्ट खेलमा १६ वर्ष २१३ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए । उनको यो प्रदर्शन अन्तर्राष्ट्रिय सबै खाले क्रिकेटमा सबैभन्दा कम उमेरमा प्रहार गरिएको अर्धशतक थियो ।

उनको यो कीर्तिमान रोहितले गत १२ माघमा १६ वर्ष १४६ दिनको उमेरमा युएई विरुद्धको एकदिवसीय खेलका क्रममा तोडेका हुन्  ।

तेन्दुलकरले शतकमा शतक बनाएका छन् । उनलाई भारतमा मात्र हैन विश्वकै फ्यान क्रिकेटका भगवान मान्छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ