arrow
ADVERTISEMENT

ट्रम्प अर्को महिना बेलायत जाने

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
trumps.jpg

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन्। नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। “राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने’। 

ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ। आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उनले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ