arrow
ADVERTISEMENT

इराकमा विस्फोटमा परी छ को मृत्यु, तीस घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
iraq-MMAP-nd-ne.png

बग्दाद। इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ। कारले छेकिनेगरी राखिएको बम विस्फोटन भएको बताइएको छ। भिडभाडबीच शुक्रबार अबेर राती बम विस्फोट भएको हो। प्रदर्शनकारीहरुको मुख्य केन्द्र मानिने तार्हिर स्क्वायरनजिकै घटना भएको हो।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ। तार्हिर स्क्वायरमा लामो समयदेखि प्रदर्शन हुदै आएको छ। उनीहरुले देशको शासन व्यवस्थामा पुनर्संरचना हुनु पर्ने, भ्रष्टाचार न्युनिकरण गर्नु पर्ने, उत्तरदायी हुनु पर्ने, सार्वजनिक सेवामा सुधार हुनु पर्ने, रोजगारी सृजना गरी बेरोजगारी हटाउनु पर्ने लगायतका माग राख्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ