arrow
ADVERTISEMENT

लिबियाको समस्या समाधानबारे इजिप्ट र जर्मनीबीच छलफल

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
libya-crisis.jpg

कायरो। लिबियामा जारी संकटको समाधानका लागि इजिप्ट र जर्मनीबीच छलफल भएको  जनाइएको छ। शुक्रबार जर्मनीका चान्स्लर एन्जेला मार्केल र इजिप्टका राष्ट्रपति अब्देल फताह शिशिबीच फोन वार्ता भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शुक्रबार जर्मन चान्स्लर मार्केलले इजिप्टका राष्ट्रपति शिशिलाई टेलिफोन गर्नुभएको उक्त कार्यालयले जनाएको छ।

त्यस वार्ताका क्रममा इजिप्टका राष्ट्रपतिसमक्ष जर्मन चान्स्लरले लिबियाको संकटको बारेमा राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखेका थिए।इजिप्टका राष्ट्रपति शिशिका प्रवक्ता बसाम रेडीले यस विषयमा लिबियासँग वार्ता गरी राजनीतिक समाधानका लागि तयार पार्नुपर्ने धारणा जर्मन चान्स्लर मार्केलले राखेको जानकारी दिएका छन्। 

लिबियामा हाल हिंसात्मक आक्रमणहरु हुने गरेका छन्। यहाँ आतंकवादी हमलाहरु पनि हुने गरेको अधिकारीहरुले जनाएका छन्। यहाँको अवस्थालाई शान्तिपूर्ण रुपमा र राजनीतिक वार्ताको माध्यमबाट टुंग्याउनुपर्नेमा जर्मनीको जोड रही आएको छ। 

जर्मन चान्स्लर मार्केलको धारणापछि  इजिप्टका राष्ट्रपति शिशिले पनि लिबियामा राजनीतिक समाधानका लागि इजिप्टले सहयोग गर्ने बताएका थिए।

इजिप्टका राष्ट्रपति शिशिले लिबियामा जारी रहेको आतङ्कवादी क्रियाकलापहरु रोकेर शान्ति स्थापना गर्ने र राजनीतिक सहमतिका आधारमा अघि बढ्नसक्ने वातावरण बनाउनुपर्ने बताएका थिए।

जर्मनीले लिबियामा हिंसा मच्चाइरहेका विभिन्न विद्रोही समूह र यहाँको सरकारबीच वार्ता गराई यसका माध्यमबाट संकट समाधान गर्ने पक्षमा काम गरिरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ