arrow

सन्दीप लामिछानेले लिए पहिलो बलमै विकेट, जिताए कर्नाटकालाई 

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
sandeep-uae-t-10.jpg

काठमाडौं । सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबुधाबीमा शनिबार राति भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपको कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको हो । 

खेलमा कर्नाटकाले पहिले ब्याटिङ गर्दै ५ विकेटको नोक्सानीमा ११० रन बनायो । उपुल थरंगाले २२ बलमा ४८ रन बनाए । शफिकुल्लाहले २१ बलमा ३४ रन बनाए । 

रवि रामपलले २ विकेट लिए । जवाफमा दिल्लीले १० ओभरमा ८ विकेटको नोक्सानीमा ९१ रन मात्र बनाउन सक्यो । एन्जेलो म्याथ्युले २१ बलमा सर्वाधिक ३१ रन जोड्दा कप्तान इयान मोर्गनले १० बलमा २१ रन बनाए ।

नाथन रिमिङटनले ३ विकेट लिए । पाट ब्राउन र अहमेद राजाले २–२ विकेट लिए । सन्दीपले २ ओभरमा १९ रन खर्चिएर १ विकेट लिए । सन्दीपले आफ्नो पहिलो बलमै मुहमद उस्मानलाई आउट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ