arrow

कश्मीरमा १९९० मै हिन्दूमाथि भएको थियो क्रुरता, सुनन्दाको यस्तो खुलासा (भिडियोसहित)

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
sunanda-basistha.jpg

काठमाडौं। कश्मीरकी लेखिका सुनन्दा वशिष्ठले कश्मीरमा सन् १९९० मै हिन्दू पंडितहरुमाथि इस्लामिक स्टेट आईएसले गर्ने क्रुर व्यवहार भएको बताएकी छिन्। 

अमेरिकामा बिहीबार मानवअधिकारका विषयमा आयोजित सम्मेलनमा लेखिका वशिष्ठले कश्मीरी पंडितहरुलाई धार्मिक पहिचानका कारण निशाना बनाइएको बताएकी हुन्। उनले सन् १९९० मा हिन्दूहरुले भयानक हिंसा झेलेको बताएसंगै सामाजिक संजालमा भाइरल भएकी छिन् र एकपटक अमेरिकी र युरोपेली मानवअधिकारकर्मीहरुलाई सोच्न वाध्य पारेकी छिन्। 

उनले जम्मू–कश्मीरबाट धारा ३७० हटाएर केन्द्र सरकार मातहत कश्मीर संचालन भएकोप्रति समर्थन जनाउँदै अब प्रदेशमा तुरुन्तै स्थिति सुधार हुने अपेक्षा पनि गरेकी छिन्। उनले गरेको भाषणलाई भारतीय वित्तमन्त्री निर्मला सीतारमणले समेत ट्वीट गरेकी छिन्। 

अमेरिकामा बस्दै आएकी नियमित स्तम्भकार सुनन्दाले भनिन्, ‘मेरा माता–पिता कश्मीरी पंडित हुन्। म हिन्दू कश्मीरी पंडित हुँ। हामीहरु कश्मीरका त्यस्ता पीडित हौं जो इस्लामिक कट्टरपन्थीका कारण आफ्नो घर छोड्न वाध्य भयौं।’ उनले भनिन्, ‘हिन्दू महिलाहरुलाई सामूहिक बलात्कार गरिएको थियो र उनीहरुको शवका टुक्राटुक्रा गरेर फ्याँकिएका थिए। हिंसाबाट आक्रान्त हामीहरु डरले वाध्य भएर घर छाड्यौं।’

हेर्नुस् सनसनीपूर्ण भिडियो–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ