- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय उद्योगपति अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्सको डाइरेक्टर पदबाट राजीनामा दिएका छन् । कम्पनीले शनिबार उक्त जानकारी दिएको हो ।
अम्बानीसंगै निर्देशकहरु छाया विरानी, रायना करानी, मंजरी कक्कड र सुरेश रंगचरले पनि राजीनामा दिएका छन् ।
रिलायन्सका निर्देशक तथा सीएफओ श्री मणिकान्तनले गत महिना राजीनामा दिएका थिए ।
रिलायन्सलाई गत जुलाई–सेप्टेम्बरको तीन महिनाको अवधिका भारु ३०,१४२ करोडको नोक्सानी भएको थियो ।