arrow

विराटनगर महानगरका मेयरको कर्म, सडकबाट उद्दार गरी मीठो खानासहित मुस्कान

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
khana-3.jpg

विराटनगर । केहि दिनयता विराटनगर महानगर र मानव सेवाआश्रमको संयुक्त प्रयासमा नगरक्षेत्रका सडकवाट उद्दार गरिएकाहरुलाई मीठो खानाको प्रबन्धसंगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गएिको छ । 

शनिवार मेयर भीम पराजुली, नायिका तथा हाँस्य कलाकार दीपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्काले कार्यक्रमको प्रबन्ध गरेका थिए । सडक जीवनबाट घरयासी जीवनमा रम्दै गरेका उनीहरुलाई विराटनगरस्थित वडा नं १० तिनटोलियामा रहेको मानव सेवा आश्रममा राखिएको छ ।  

आश्रममा विराटनगरबाट उद्धार गरिएका ६ जनासहित १४ जनालाई मिठोखाना सहित विभिन्न गीत तथा हास्य कार्यक्रम गरी मनोरञ्जन गराइएको थियो । 


बौद्धिक अपाङता भएका उनीहरु खुसी भएर संगसंगै नाचेका थिए । केही दिन अगाडि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रियतामा सडक तथा खुल्ला चौरमा बस्दै आएकाहरुको उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ । 

नगरक्षेत्रलाई बेसहारा मुक्त बनाउने अभियान अन्र्तगत उद्धार कार्यलाई निरन्तरता दिइने उद्घोष मेयर पराजुलीको छ ।

आश्रित ब्यक्तिहरुका लागि महानगरले आवश्यक बजेटको समेत ब्यवस्था गरेको छ । कार्यक्रममा वडा नं.१० का वडाध्यक्ष माधवराज वाग्ले, मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी लगायतको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ