arrow

दिल्लीमा हराएका गम्भीरको जेरी जस्तो कुरो !

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
gambhir.jpg

एजेन्सी। भारतका पुर्व क्रिकेटर र पुर्वी दिल्लीका भाजपा सांसद गौतम गम्भीर हराएको सुचना रहेको पोस्टर दिल्लीका सडकहरुमा देखिएका छन्। दिल्लीमा जारी वायु प्रदुषणका बारे बोलाईएको संसदीय बैठकमा गम्भीर अनुपस्थित रहेका थिए।

उक्त पोस्टरमा लेखिएको छ –‘तपाईहरुले यिनलाई देख्नु भएको छ? अन्तिम पटक यिनलाई ईन्दौरमा जेरी खाईरहेको देखिएको थियो। पुरै दिल्ली यिनलाई खोजिराछ।‘ गम्भीर भारत-बंगलादेश बिचको क्रिकेटमा कमेन्टेटरका रुपमा कार्यरत रहेका थिए। त्यही खेलमा उनी पुर्व क्रिकेटर भीभीएस लक्ष्मणसँग जेरी खाईरहेको फोटो सार्वजनिक भएको थियो।

गम्भीरले ट्विटर मार्फत जवाफ फर्काएका छन्। उनले भनेका छन् ‘ मलाई गाली गर्दैमा दिल्लीको प्रदुषण कम हुने भए मलाई धैरै गाली गर्नुस्। म मेहनतको कमाई खान रुचाउँछु। मैले परिवारको हेरचाहा गर्नुपर्छ । मेरो जिम्मेवारी छ। म संसदको बजेट खर्च गरेर कुनै राजनीतिक लाभ लिन चाहान्न।‘

गम्भीरले उक्त ट्विटमा ‘आप’ भनेर आम आद्मी पार्टी प्रति कटाक्ष गरेका हुन्। गम्भीरले सांसदपछि पनि बिज्ञापनहरुमा देखिएको भन्दै आलोचना भएको थियो।

आम आद्मी पार्टीकी अतिशी मर्लेनाले गम्भीरको ट्वीटलाई व्यंग गर्दै भनेकी छिन् ‘ गम्भीर एका तिर घर परिवार पाल्नु पर्ने कुरा गर्छन् अर्को तिर सांसदका रुपमा पाउने तलब आफ्नो निर्वाचन क्षेत्रलाई दिन्छन्। कुरा पुरै जेरी जस्तै घुमेको छ।‘   

गम्भीर दिल्लीमा प्रदुषणमाथि भएको एक मिटिङमा सहभागी भएका थिएनन् । यो शहरी विकासको संसदीय समितिको मिटिङ थियो । मिटिङमा नगएपछि गम्भीरको सामाजिक सञ्जालमा आलोचना भईरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ