arrow

आईपीएलका २५ महंगा खेलाडी: सबैभन्दा बढि थाप्ने शर्मा, धोनी र कोहलीको कति छ तलब ? (मूल्यसहित)

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
koholi-dhoni-sharma.jpeg

काठमाडौं । आईपीएलको अर्को सीजनका लागि खेलाडी छनौट हुन बाकि नै छ । आईपीएल २०२०, विश्वको सबैभन्दा महँगो क्रिकेट लिग  हुने अनुमान लगाउन सकिन्छ। ८ टोलीले दर्जनौं खेलाडीहरूको बिड गर्नु पर्नेछ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै सार्वजनिक गरेको सूची अनुसार रोहित शर्मा, एमएस धोनी र विराट कोहलीले यस बर्षको आईपीएलमा सबैभन्दा ज्यादा तलब लिएका छन् ।

रोयल चेलेन्जर बंगलोर (आरसीबी) का कप्तान विराट कोहली, मुम्बई इन्डियन्स (एमआई) का कप्तान रोहित शर्मा र चेन्नई सुपर किंग्स (सीएसके) कप्तान महेन्द्र सिंह धोनीले  यस बर्षको आईपीएलमा सबैभन्दा बढी तलब पाएका छन्। उनीहरूको वरिपरि कुनै खेलाडी छैन जसले यति धेरै पैसा पाउँछ। यद्यपि विराट कोहलीको तलब रोहित शर्मा र एमएस धोनी भन्दा बढी छ।

विराट कोहली एक मात्र खेलाडी हुन् जसले यस लिगमा सबैभन्दा बढी पैसा लिएका छन् ।  विराटले आईपीएलको एक सिजनका लागि आरसीबी फ्रान्चाइजीबाट १७ करोड भारतीय रूपैयाँ पाउँछन्। त्यस्तै मुम्बई इन्डियन्सलाई ४ पटक जिताएका रोहित शर्माले आफ्नो टोली मालिकहरूबाट १५ करोड भारतीय रूपैयाँ पाउँछन्। समान राशि चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनीलाई पनि जान्छ, जसले सीएसकेलाई ३ पटक च्याम्पियन बनाएका थिए।

३ कप्तानहरुपछि  दिल्ली क्यापिटलका विकेटकीपर रिषभ पंतले सबैभन्दा बढी रकम पाउँछन्। रिषभ पंतले दिल्ली क्यापिटलबाट एक सिजनको १५ करोड रूपैयाँ पाउँछन्।

यसपछि चार खेलाडीहरूले समान साढे १२ करोड प्राप्त गर्छन्। यसमा सुनील नारायण, बेन स्टोक्स, स्टीव स्मिथ र डेभिड वार्नर छन् । यी बाहेक  थप ५ खेलाडीहरुले आईपीएल सत्रका लागि ११-११ करोड रूपैयाँ पाउँछन्। यसमा हार्दिक पांड्या, सुरेश रैना, केएल राहुल, मनीष पाण्डे र एबी डिभिलियर्स छन्।

आईपीएलमा सबैभन्दा बढि तलब पाउने खेलाडी (भारतीय रुपैयाँमा)

१. विराट कोहली (आरसीबी) - १७ करोड
२. एमएस धोनी (सीएसके) - १५ करोड
३. रोहित शर्मा (एमआइ) - १५ करोड
४.रिषभ पंत (डिसी) - १५ करोड
५. स्टीव स्मिथ (आरआर) - १२.५० करोड
६. डेभिड वार्नर (एसआरएच) - १२.५० करोड
७. बेन स्टोक्स (आरआर) - १२.५० करोड
८. सुनील नरेन (केकेआर) - १२.५० करोड
९. सुरेश रैना (सीएसके) - ११ करोड
१०. मनीष पाण्डे (एसआरएच) - ११ करोड
११ केएल राहुल (के११पी) - ११ करोड
१२. हार्दिक पांड्या (एमआइ) - ११ करोड
१३. एबी डिभिलियर्स (आरसीबी) - ११ करोड
१४. राशिद खान (एसआरएच) - ९ करोड
१५. कृणाल पांड्या (एमआइ) - ८.८० करोड
१६. भुवनेश्वर कुमार (एसआरएच) - ८.५० करोड
१७. आंद्रे रसल (केकेआर) - ८.५० करोड
१८. संजु सैमसन (आरआर) - ८ करोड
१९. केदार जाधव (सीएसके) - ७.८० करोड
२०. आर अश्विन (डिसी) - ७.६० करोड
२१. दिनेश कार्तिक (केकेआर) - ७.४० करोड
२२. जोफ्रा आर्चर (आरआर) - ७.२० करोड
२३. जसप्रीत बुमराह (एमआइ) - ७ करोड
२४. श्रेयस अय्यर (डिसी) - ७ करोड
२५. रविन्द्र जडेजा (सीएसके) - ७ करोड



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ