arrow

आईपिएल क्रिकेट: पुणेले मुम्बईलाई हरायो

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
IPL_Pune_MI.jpg.jpeg
काठमाडौं। भारत जारी आईपिएल (ईण्डियन प्रिमियर लीग) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको टोली पुणे सुपरजायन्ट्सले मुम्बई ईण्डियन्सलाई ९ विकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १२१ रन बनाएको थियो। उसकालागि हरभजन सिंहले ४५* रन बनाएका थिए भने अम्बति रायडुले २२ रनको योगदान दिएका थिए। पुणेकालागि ईशान्त शर्मा र मिचेल मार्शले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पुणेले १४.४ ओभरमा १ विकेटको क्षतीमा १२६ रन बनाउँदै जीत हासिल गरेको हो। पुणेकालागि अजन्के रहाणेले ६६* रन बनाएका थिए भने फाप डुप्लेसीले ३४ रनको योगदान दिएका थिए। ईङल्याण्डका स्टार खेलाडी केविन पिटर्सनले १४ बलमा २२ रन बनाएका थीए। एक मात्र विकेट मुम्बईका हरभजन सिंहले लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ