arrow

ओपो 'कलरओएस सिक्स' का ६ बेजोड फाइदा

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
main_banner_pic.jpg

काठमाडौं । कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जागेको छ । यही कुरालाई दृष्टिगत गर्दै कलरओएस सिक्सका स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मोड, गेमिङ असिस्टेन्ट, पावर सेभर लगायत फिचर्सको उपयुक्त प्रयोग कसरी गर्ने भन्ने बारे केही जानकारी  :

स्मार्ट साइडबार  :
स्मार्ट साइडबार सक्रिय हुँदा नेभिगेसन पहिलेका तुलनामा धेरै नै सहज बनेको छ । स्क्रिनको साइडबाट हल्का स्वाइप गरेकै भरमा उपभोक्ताको छनोटका लागि क्विक टूल्स र क्विक एप्स प्रस्तुत हुन्छन् । क्विक टूल्स अन्तर्गत स्क्रिनशट, स्क्रिन रेकर्डिङ र ब्लक ब्यानर्स लगायत उपलब्ध हुन्छन् । यसमा आफूले सर्वाधिक प्रयोग गर्ने क्विक एप्सको प्रयोग गरी सहज र सुलभ नेभिगेसनको मज्जा लिन सकिन्छ। यसको प्रयोगका लागि सेटिङ अन्तर्गत स्मार्ट साइडबारमा गई ( कन्भिनियन्स एइड अन्तर्गत ( स्मार्ट साइडबारको छनोट गर्नुपर्ने हुन्छ ।

नेभिगेसन जेस्चर्स  :
 
नेभिगेसनलाई अझ सहज र सुलभ बनाउने सोचका साथ यसमा विभिन्न जेस्चर्सको ब्यवस्था गरिएको छ । केही साधारण र सहज जेस्चर्सका माध्यमबाट फोनका निकै महत्वपूर्ण फिचर्समा सहज पहुँच बनाउन सकिन्छ । उदाहरणका लागि  :
- स्क्रिनमा डबल ट्याप गर्दा फोन सहजै अन हुन्छ
- उपकरणको क्यामेरा अन गर्नका लागि गोलाकार (सर्कल) बनाउने
- उपकरणको फ्ल्याशलाइट सक्रिय गर्नका लागि अंग्रेजी बर्णमालाको “भी” बनाउने
- तीन औँला फोनको स्क्रिनमा स्लाइड गरी स्क्रिनशट लिने सुविधा
- स्प्लिट स्क्रिनको उपयोग गर्नका लागि तीन औँलाले स्लाइड अप गर्ने

राइडिङ मोड :
राइडिङ मोडका माध्यमबाट प्रयोगकर्ताले सडकमा सवारी चलाइरहेका बेला ध्यानभंग हुने सम्भावनाबाट जोगाउँछ । कलरओएस सिक्सले प्रयोगकर्तालाई सडकमा हुँदा आउने नोटिफिकेसन माथि नियन्त्रण राख्न सघाउँछ ।
 
यसमा रहेको डु(नट(डिस्टर्ब राइडिङ, मार्फत एनिवान, कन्ट्याक्ट्स अन्लि, फेवरेट कन्ट्याक्ट्स अन्लि वा सम्पूर्ण कल नै नलिने लगायत निर्णय गर्न सकिन्छ । यसरी अनावश्यक कल फिल्टर गरी प्रयोगकर्ताले सुरक्षित तथा आरामदायी यात्राको मज्जा लिन सक्छन् ।
राइडिङ मोड अन गर्नका लागि सेटिङ मातहत(स्मार्ट सर्भिसेज्(स्मार्ट ड्राइभिङ अन्तर्गत (राइडिङ मोडको छनोट गर्नुपर्ने हुन्छ ।

पार्टी मोड :
फोनमा रहेको पार्टी मोड सुविधा मार्फत आफ्नो प्लेलिस्ट साथीहरु संग सिंक गरी पार्टीमा थप जीवन्तता ल्याउन सकिन्छ ।
 
पार्टी सक्रिय गर्नका लागि उपकरणको हटस्पट ईनेबल गरी साथीहरुलाई हटस्पट ज्पाइन गर्न ईन्भाइट गर्नु पर्ने हुन्छ । यति गरी साथीहरु संग आफ्नो प्लेलिस्ट सेयरगरी संगीतको सामुहिकरुपमा मज्जा लिन सकिन्छ ।

गेमिङ असिस्टेन्ट  :
 गेमिङ असिस्टेन्टको उपयोग गरी आफ्नो रुचि अनुसार प्रयोगकर्ताले आफ्नो रुचि अनुसार गेमिङ अनुभव परिमार्जन गर्न सक्छन् । अविभाजित रुपमा ध्यान केन्द्रित गर्नुपर्ने म्याचका लागि यसले ब्यानर नोटिफिकेसन डिजेबल गर्ने सुविधापनि प्रदान गर्छ । कसैगरी खेल खेलिरहेकै समयमा अर्जेन्ट म्यासेजको रिप्लाइ गर्नु पर्दा समेत फ्लोटिङ विन्डोको सुविधा प्रदान गर्दै यसले सहजता प्रदान गर्छ । यसको प्रयोगबाट गेमप्लेको स्क्रिन रेकडिङ, विशेष शर्टकटको निर्माण तथा नोटिफिकेसन आफू उपयुक्त परिमार्जन गर्ने सुविधा समेत प्राप्त हुन्छ । यी आकर्षक फिचर्सका माध्यमबाट प्रयोगकर्ताले निसन्देह आफ्नो गेमिङ परफर्मेन्समा उल्लेख्य सुधार ल्याउन सक्छन् ।

पावर सेभर:
 ओपोका उपकरणको प्रयोगका बखत ब्याट्री बचतका लागि पनि यसमा विशेष ब्यवस्था गरिएको छ । साथै, फोनमा उपलब्ध गरिएको स्मार्ट पावर सेभर फिचरले प्रयोगकर्तालाई ब्याट्री बचतमा अझ सघाउँछ । स्लिप मोडका साथमा यसमा रहेको स्मार्ट पावर सेभरले ब्याट्रीको प्रयोगलाई पूर्णत : बन्द नै गर्ने क्षमतापनि राख्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ