arrow

करण र सोमपालको ब्यटिङले बचाएन नेपाललाई, बंगलादेशको सहज जित

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
nepal-cricket2.jpg

काठमाडौं। नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको छ। एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा बंगलादेशले नेपाललाई सहजै पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो। पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको नेपाली टोलीले ठिकठाक सुरुवातलाई अगाडी बढाउन सकेन। कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १० रनको योगदान गरे।

मध्यक्रमको नेपाली ब्याटीङले सम्हालिएर खेल्न नसक्दा न्युन स्कोरमा चित्त बुझाउन परेको थियो। पुछारका ब्याट्सम्यान सोमपाल कामी र करण केसीले सम्हालिएर खेल्दा उक्त रन बन्न सकेको हो। ८५ रनको कुल स्कोर हुँदा ८ विकेट गुमाएको स्थितीबाट दुई ब्याट्सम्यानले ५० रनको साझेदारी गर्दै सम्मानजनक स्कोर बनाएको थियो।

सोमपालले ६३ बल खेल्दै १ चौकाको मदतले ३८ रन बनाएका थिए। त्यसैगरि करण केसीले ४७ बलमा १ छक्का र १ चौकाको मदतले १८ रनको योगदान दिएका थिए। मध्यक्रममा आरिफ शेखले ३९ बल खेल्दै ११ रन बनाएका थिए।

बंगलादेशका सुमोन खान र मिन्हाजुल आफ्रिदीले ३-३ विकेट लिएका थिए। त्यसैगरि तनविर ईश्लाम र महेदी हसनले २-२ विकेट लिएका थिए।

जवाफमा ब्याटिङ गर्न आएको बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै १ सय ४० रन बानउँदै सहज जित हात पारेको थियो। बंगलादेशका नजमुल हुसेन शान्तोले आउट नभई ५१ रन बनाएका थिए भने प्रारम्भिक ब्याट्सम्यान मोहम्मद नईमले ४५ रनको योगदान गरेका थिए। नेपालका करण केसी र सुसान भारीले १-१ वेकट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ