arrow

मेस्सीको गोलले जोगियो अर्जेन्टिना हारबाट 

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
messi50.jpg

काठमाडौं । स्टार फुटबल खेलाडी लियोनल मेस्सीले व्यवसायीक फुटबलमा आकर्षक खेल खेले पनि देशका लागि राम्रो खेल्न नसकेको आरोप सन् २०१६ देखि लाग्दै आएको छ । तर पछिल्ला दुई खेलमा उनले अर्जेन्टिनाको इज्जत जोगाइरहेका छन् । 

तीन महिना अन्तर्राष्ट्रिय खेलबाट प्रतिवन्ध खेपेर फर्केका मेस्सीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई १–० ले हराउँदा निर्णायक गोल गरेका थिए । 

त्यस्तै सोमबार राति उरुग्वेविरुद्धको खेलमा गोल गरेर अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याउन सफल भएका थिए । 

मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए । यसअघि इडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा गोल गर्दा सर्जियो अग्युरोले ६३ औं मिनेटमा बराबरी गरेका थिए ।

स्पेनिश लिग बार्सिलोनाका सहयात्री लुइस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाउँदा मेस्सीको चित्त दुखेको थियो । 

तर स्वारेजको गोलको जवाफ दिँदै उनले इन्जुरी समयमा गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ